मिति : २०८१ वैशाख २५, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.00/5.00)
Text size:-
+
-

आर्यनसँग दिप्तीको रोमान्स

फिल्मीखबर, काठमाण्डौ, 2011/05/31

चलचित्र 'किस्मत' बाट डेब्यू नायक आर्यन सिक्देलले छोटो समयमा नै राम्रो चर्चा पाए । उनले अभिनय गरेका अधिकांश चलचित्र सफल भएपछि उनलाई नायक बनाउन खोज्ने निर्माता निर्देशकहरू थुप्रै छन् । चलचित्रको अभिनय यात्रामा उनले थुप्रै नायिकाहरूसँग पर्दामा रोमान्स गरे । यहि क्रममा अहिले उनीसँग एक नवनायिकाले रोमान्स गर्ने भएकी छिन् ।


कृषा चौलागाईंको निर्माणमा सबिर श्रेष्ठले निर्देशन गर्न लागेको चलचित्र ''के म तिम्रो साथी बन्न सक्छु' मार्फत दिप्ती गिरीले डेब्यू गर्दैछिन् । आगामी सोमबारका दिन मुडे भन्ने स्थानबाट छायाँकन शुरू गर्ने भनिएको सो चलचित्रमा दिप्ती आर्यनको जोडीको रूपमा प्रस्तुत हुँदैछिन् । दिप्तीको अभिनय भने पहिलो हैन । उनले यसअघि बालकलाकारको रूपमा पूर्णिमा, बसन्त ऋतु, देवयानी लगायतका चलचित्रमा अभिनय गरिसकेकी छिन् भने उनी नेपाल टेलिभिजनमा प्रशारण भएको बाल कार्यक्रम टोम एन्ड जेरीको कार्यक्रम प्रस्तोता पनि हुन् ।

 

हरेक पक्षमा सबल देखेर आफ्नो चलचित्रमा डेब्यू गराउन लागेको बताउँदै निर्देशक श्रेष्ठले आर्यनसँग उनको जोडी जम्ने दाबी गरे । उनले भने, 'लामो समय देखि नायिका खोजिरहेको थिएँ बल्ल भने जस्तो भेटें । मलाई बिश्वास छ उनी भबिष्यमा सफल कलाकार बन्ने छिन् ।' सबै मिल्ने केटाकेटी व्वायफ्रेण्ड र गर्ल फ्रेण्ड हुँदैनन् । उनीहरू असल साथी मात्र पनि हुनसक्छन् भन्ने मूल भाव बोकेर निर्माण गर्न लागिएको सो चलचित्रमा आर्यन र दिप्तीको साथमा शिशिर राणा, दिनेश थापा, रमेश थापा, संदिप सापकोटा लगायतले अभिनय गर्ने निर्देशक श्रेष्ठको भनाई छ ।

 

शिबम् अधिकारीको कथा रहेको सो चलचित्रमा दिनेश सुनामको संगीत, प्रमोद ढुंगानाको गीत, शिब ढकालको छायाँकन, रोशन श्रेष्ठको द्वन्द, समन अधिकारीको नृत्य रहने बताईएको छ । मुडे, काठमाण्डौ, फिक्कल लगायतका स्थानमा छायाँकन गर्ने भनिएको सो चलचित्रको छायाँकन करिब ४० दिनमा सक्ने लक्ष्य लिईएको निर्माण युनिटको भनाई छ ।