Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 22855 - 22860 of 23703
फिल्मीखबर, काठमाण्डौ, 2011-02-25, शुक्रवार
शुक्रबार राजधानीमा चलचित्र 'व्याच नं १६' को अडियो विमोचन सँगै उपस्थित सञ्चारकर्मी र चलचित्रकर्मीलाई बाँडिएको सिडीको पछाडी पट्टिको भागमा 'व्याच नं १६' हिन्दी, अंग्रेजी, कोरियन र नेपाली मध्ये कुन चलचित्र हो भनी प्रश्न राखी सो चलचित्रलाई घुमाउरो पाराले बिदेशी चलचित्रसँग दाँजिएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-02-25, शुक्रवार
नेपाल टेलिभिजनबाट हरेक मंगलबार प्रसारण हुँदै आएको मेघा रियालिटी शो 'खोजी प्रतिभाको' को फाईनल आगामी चैत्र १ गते हुने भएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-02-25, शुक्रवार
गोर्खापल्टन हिरो तथा इण्डियन आइडल -३ का बिजेता प्रशान्त तामाङले बिबाह गरेका छन् । गत फाल्गुन ४ गते नायक तामाङले भारतको नागाल्यान्ड निवासी गीता थापा मगरसँग लामो प्रेम पश्चात बिबाह गरेका हुन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-02-25, शुक्रवार
म्युजिक भिडियो हुँदै चलचित्र 'वान डे' मार्फत रजतपतमा पाईला टेकेकी नायिका उषा रजक र 'बिश्वास' चलचित्रबाट पाईला अगाडी बढाएकी अर्की नायिका कृती भट्टराई केहि बर्षको बिश्राम पश्चात पुन: चलचित्रमै आउने सोच बनाएको बुझिएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-02-24, बिहिवार
श्रीमान्/श्रीमतीको पारिवारिक समस्या समस्या तथा उनीहरूले एक अर्कालाई बुझ्न नसक्दा परिवारमा आउने फाटोको बिषयलाई लिएर निर्माण गरिएको पारिवारिक चलचित्र 'श्रीमान्' को बिहिबार च्यारिटी शो तथा प्रेश सो गरियो ।
फिल्मीखबर, काठमाण्डौ, 2011-02-24, बिहिवार
हंग्री आई मुभिजको व्यानरमा अरूण खड्काले निर्माण गर्न लागेको चलचित्र 'तिम्रो लागी' को छायाँकन फाल्गुन २० गतेबाट शुरू हुने भएको छ ।
Results : 22855 - 22860 of 23703
Most Visited News (monthly)