Most Recent News Headlines
Results : 22873 - 22878 of 23505

फिल्मीखबर, काठमाण्डौ, २०६७ पौष १५, बुधवार
प्रशन्न पौडेल निर्देशित सागीतिक चलचित्र स्वरलाई एसियन थाईफुड्सको चाउचाउ रमपमले होडिङ बोर्ड पब्लिसिटीमा सहयोग गरेको छ ।

फिल्मीखबर, काठमाण्डौ, २०६७ पौष १५, बुधवार
थुप्रै चलचित्रमा प्रोडक्सन म्यानेजर भएर काम गरेका राजु क्षेत्री मृत अवस्थामा फेला परेका छन् । फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार गए राति दर्पण फिल्समको कार्यालयबाट निस्किएका छेत्रीको शव काठमाण्डौको दरबारमार्ग स्थित इन्भेष्टमेन्ट बैंकको पर्खाल छेउमा मृत अबस्थामा बुधबार बिहान फेला पारिएको हो ।

फिल्मीखबर, काठमाण्डौ, २०६७ पौष १५, बुधवार
पछिल्लो समय चलचित्रको ब्यापार निकै खस्कदो अवस्थामा छ । प्रत्येक साता न्यूनतम चार चलचित्र प्रदर्शन हुदाँ दर्शकले ती सबै फिल्म हेर्ने पैसा समेत छैन भन्न थालिसके ।

फिल्मीखबर, काठमाण्डौ, २०६७ पौष १४, मंगलवार
चार बर्षपछि गएको मंसिर आठ गते स्वदेश आएकी अभिनेत्री पूजा चन्द एक महिने नेपाल बसाईपछी पुनः अमेरिका प्रस्थान गरेकी छिन् ।
पूजाले मंगलबार बेलुकी साढे सात बजे नेपाल भूमि छाडेकी हुन् ।

अनुप भट्टराई, काठमाण्डौ, २०६७ पौष १४, मंगलवार
निर्देशक सोभित बस्नेत र नायक रमित ढुङ्गाना निकै परिचित अनुहार हुन् । जव रमित आफ्नै लगानीको चलचित्र 'माया नमार' बाट फिल्मको हिरो भए त्यस पछी उनी निकै चर्चामा पनि रहे र थुप्रै फिल्ममा हिरो भएर काम पनि गरे ।

विजय आवाज, काठमाण्डौ, २०६७ पौष १४, मंगलवार
जीवनमा जुन कुराको सुरुवात गरिन्छ, त्यो पहिलो पटक नै हुन्छ । पहिलो पटक गरेका हरेक क्रियाकलापवाट नै मानिसले धेरै कुरा सिक्दछ । नेपालमा चलचित्र वन्न थालेको आधा शताब्दी नै भएको छ ।

