Most Recent News Headlines
Results : 22081 - 22086 of 23991

फिल्मीखबर, काठमाण्डौ, 2011-11-29, मंगलवार
होम प्रोडक्सन बाहिरका कुनै पनि चलचित्रमा काम नगर्ने बताउदै आएका अभिनेता भुवन केसीले रिमेश अधिकारीको चलचित्र 'बिरासत' मा मुख्य भूमिकामा अभिनय गर्ने भएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-11-29, मंगलवार
हिमाल एसोसिएसनको आयोजनामा काठमाण्डौमा अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) हुने भएको छ । मंसिर २२ देखि २६ गते सम्म चल्ने महोत्सवमा पर्वतीय संस्कृति, पर्वतारोहण, जैविक विविधता, मानवअधिकार, पर्यावरण, लैङ्गिकता, बसाइँसराइ, विश्वव्यापीकरण, द्वन्द लगायतका विषयका डकुमेन्ट्री, सर्ट मुभी, एनिमेसन तथा फिक्सन चलचित्र प्रस्तुत गरिंदै छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-11-29, मंगलवार
करिब आठ बर्ष अघि दुःख भन्ने चलचित्रमा सानो भूमिका र त्यसपछी तुलसी घिमिरेको चलचित्र दुई किनाराबाट रतजतपटमा सक्रिय भएका अभिनेता सुमन सिंहले आफ्नो रेट चार लाख पुर्याएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-11-28, सोमवार
आउदो शुक्रबार देखि प्रदर्शनमा आउने भनिएको बाबुराम ढकाल निर्देशित चलचित्र 'पर्खिराख है' राजधानीका हलमा एक साता पर सरेको छ ।
वितरक सुनिल मानन्धरको आग्रहमा 'पर्खिराख है' को यूनिटले फिल्मलाई मंसिर २३ गते मात्र रिलिज गर्ने भएको हो ।

फिल्मीखबर, कञ्चनपुर, 2011-11-28, सोमवार
चौविसौं चलचित्र 'दुलही रानी' को छायाकंनका लागि सुदुर पश्चिमको लोकेशन रोजेका निर्देशक शोभित बस्नेतले सुटिङको विषयलाई लिएर फिल्मी करिअरमै सायद यसरी तनाव झेल्नु परेको थिएन होला जसरी उनले कञ्चनपुर महोत्सवमा आयोजकहरुबाट नसोचेको तनाव झेल्नु पर्यो ।

फिल्मीखबर, काठमाण्डौ, 2011-11-28, सोमवार
सिंगापुरमा सुटिङ सकेर चलचित्र 'फेसबुक' टोली आइतवार राती नेपाल फर्किएको छ । सुटिङका लागि मंसिर १ गते सिंगापुर उडेको 'फेसबुक' टोली एघार दिनका दिन नेपाल ओर्लेको हो ।
Most Visited News (monthly)

