मिति : २०८२ वैशाख २३, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21685 - 21690 of 22575
फिल्मीखबर, काठमाण्डौ, २०६७ फाल्गुन २५, बुधवार
बलिउड चर्चित अभिनेता शाहरूख खान र अभिनेत्री प्रियंका चोपरा नेपाल आउने भएका छन् । नेपाली नयाँ बर्ष २०६८ सालको उपलक्ष्यमा ओडिसी नेटवर्कले आयोजना गर्न लागेको सांगितिक कार्यक्रममा सहभागी हुन उनीहरू नेपाल आउन लागेको बुझिएको छ ।
फिल्मीखबर, काठमाण्डौ, २०६७ फाल्गुन २५, बुधवार
पर्यटकिय ताल नगरी पोखरामा चलचित्र 'बोस' को मुहुर्त गरिएको छ । बुधबार बिहान करिब १० बजे तिर पोखराको चर्चित होटल फुलबारी रिसोर्टमा माओवादी अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालले चलचित्रको मुहुर्त सट दिएका थिए ।
फिल्मीखबर, काठमाण्डौ, २०६७ फाल्गुन २५, बुधवार
मानिसको आ-आफ्नै इच्छा, चाहना तथा सपना हुन्छन् । कसैका पूरा हुन्छन् त कसैका अधुरै रहन्छन् । यस्तै नेपाली चलचित्रको एउटा ब्राण्ड नायिका निरूता सिंहको पनि एउटा गजबको इच्छा रहेछ ।
फिल्मीखबर, काठमाण्डौ, २०६७ फाल्गुन २५, बुधवार
मंगलबार मध्यान्न करिब साढे एक बजे तिर काठमाण्डौको ठमेल नजिकैको अस्कल क्याम्पस अगाडी चलचित्र 'गुडबाई काठमाण्डौ' को सुटिङ युनिट माथी प्रहरीले हस्तक्षेप मात्र गरेन की चलचित्रका सह-निर्माता तथा सह-निर्देशक किरण पौडेल र मुख्यसहायक निर्देशक राजेश बिश्वकर्मालाई दुई घण्टा हिरासतमा समेत लियो ।
अर्पण ढकाल, धरान, २०६७ फाल्गुन २४, मंगलवार
भनिन्छ कुनैपनि चलचित्रको संगीतमा मिठास छ भने सो संगीतले चलचित्रको ब्यापारमा पनि महत्वपुर्ण भूमिका खेल्न सक्छ । यस्ता थुप्रै उदाहरणहरु छन् जुन चलचित्रको गीतसंगीत श्रोता दर्शकको मुखमा झुण्डिए पछि सफल ब्यापार गर्न सफल भएका छन् ।
फिल्मीखबर, काठमाण्डौ, २०६७ फाल्गुन २४, मंगलवार
पितृसत्तात्मक समाजमा हुर्किएकी नेपालकी आधुनिक युवतीका स्वप्नील आकाङ्क्षाहरुलाई पर्दामा उतारिएको चलचित्र 'देवयानी' को प्रिमियर दक्षिण कोरियामा गरिने भएको छ ।
Results : 21685 - 21690 of 22575