मिति : २०८१ वैशाख २५, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नायिकासंग गर्मी कुरा

संजय सौगात, बुटवल, 2012/05/01

बैशाख महिना शुरू भए यता गर्मी पनि दिनानु दिन बढ्दैछ । गर्मी छल्नको लागि मानिसहरु बिभिन्न तरीकाहरु अपनाउदै आएका छन् । गर्मीसंगै मानिसहरु आफ्नो फेसन र स्टाइलिसमा पनि परिवर्तन गर्दै आइरहेका छन् । यसै सन्दर्भमा रहेर तीन नायिकाहरुसंग गर्मी मौसमको बारेमा गरिएको कुराकानी –

मेलिना मानन्धर (नायिका)
गर्मी मौसम कस्तो लाग्छ ?
गर्मी, जाडो दुवै उस्तै लाग्छ । गर्मी मौसममा घामले छाला डढ्छ जाडोमा छाला फट्छ त्यसैले दुवै उस्तै छ । तर पनि जाडो भन्दा गर्मी अलि बढि मन पर्छ  । त्यो पनि सुटिङमा जानु परेन भने नत्र त सुटिङमा जाँदा गर्मीले सताउछ । जाडो भन्दा गर्मी भन्ने बित्तिकै केही कम्फरटेवल महसुस हुन्छ । किनकी गर्मीमा गर्मी भए स्विमिङ गर्न पाइन्छ । स्टाइलिस ड्रेसअप गर्न पाइन्छ । अर्को कुरा जाडोमा चिसोले अत्याधिक सताउँछ । हुने खानेले त जाडो छल्न न्यानो कपडा लगाउँछन् । बिचरा सडकमा हिड्ने स-साना बालबालिकाहरूले कसरी रात बिताउलान भन्ने सोच्छु । त्यसैले पनि जाडो महिना नआईदिए हुन्थ्यो जस्तो लाग्छ ।  


गर्मीमा कस्तो किसिमको पहिरन (ड्रेसअप) मन पराउनुहुन्छ ?
हलुका पातलो कपडाहरु बढि मन पराउछु । विण्ड प्रुफ ज्याकेट सहित हलुका पातलो टिसर्ट लगाउँछु ।


पहिरनमा स्वदेशी /बिदेशी कुन व्राण्डको पहिरन लगाउनुहुन्छ ?
क्वालीटी भए स्वदेशी बिदेशी जुन व्राण्डको पनि लगाउँछु ।

 

गरिमा पन्त (नायिका)
गर्मी मौसम कस्तो लाग्छ ?
मेरो लागि गर्मी एकदमै फेवरेट मौसम हो । जाडो भन्ने बित्तिकै कस्तो एलर्जी भए जस्तो हुन्छ । तर गर्मी मलाई एकदमै कम्फरटेवल लाग्छ । किनकी काठमाडौंमा खप्न नसक्ने गरी जाडो हुन्छ । तर गर्मीमा त्यति गर्मी हुदैन ।  इच्छा अनुसारको ड्रेसअप तथा मेकअप गर्न पाइन्छ । गर्मीमो अनुभव भए स्विमिङ गर्न पाइन्छ । त्यसैले म गर्मी नै मन पराउँछु ।


गर्मीमा कस्तो किसिमको पहिरन (ड्रेसअप) मन पराउनुहुन्छ ?
पहिरनमा म क्याजुअल ड्रेस बढि मन पराउँछु । पाइन्ट, शर्ट र टिसर्ट लगाउछु त्यसमा फुल ड्रेस भन्दा हाफ ड्रेस बढि लगाउँछु । पाइन्टमा जिन्स नै बढि लगाउने गर्छु ।


स्वदेशी/बिदेशी कुन व्राण्डको पहिरन लगाउनुहुन्छ ?
दुवै व्राण्डको पहिरन लगाउँछु । यही व्राण्डको चाहिन्छ भन्ने छैन । जुन मन पर्छ त्यहि लगाउँछु ।

 

 

 

 

बेनिशा हमाल (नायिका)
गर्मी मौसम कस्तो लाग्छ ?
गर्मी मौसम जाडो भन्दा बेटर लाग्छ किनकी गर्मी मौसममा इच्छा अनुसारको ड्रेसअप र मेकअप गर्न पाइन्छ । त्यस्तै गर्मी मौसममा सुटिङमा जाँदा पनि मौसमले साथ दिन्छ । जाडोमा जस्तो मौसमको कारण सुटिङमा स्थगित गर्नु पर्ने त्यति संभावना रहदैन । जाडोमा स्किन एलर्जी हुने हुंदा पनि जाडो मौसम भन्दा गर्मी नै मन पर्छ ।


गर्मीमा कस्तो किसिमको पहिरन (ड्रेसअप) मन पराउनुहुन्छ ?
नर्मली म क्याजुअल ड्रेसअप नै मन पराउँछु । हाफ टिसर्टहरु बढि लगाउँछु । त्यस्तै कलरफुल वान पिसहरु प्रायजसो लगाउँछु । किनकी वान पिसले पर्सनालिटी बढाउँछ ।


पहिरनमा स्वदेशी/बिदेशी कुन व्राण्डको पहिरन लगाउनुहुन्छ ?
 आफुलाई मन परे स्वदेशी/बिदेशी जुन पनि लगाउँछु ।