
नयाँ बर्षको अबसरमा हिरोईन रेजिना उप्रेती एक महिनाका लागि आज साँझ फ्रान्स जादैछिन् ।

बर्लिन फिल्म फेस्टिबलमा नेपालको प्रतिनिधित्व गरेर ईतिहास रच्न सफल हाइवेको रिलिज डेट फिक्स भएको छ ।

रेखा थापा र सविन श्रेष्ठ स्टारर फिल्म बर्षातको सुटिङ सकिएको छ । २० दिनमा सुटिङ प्याकअप गरेको बर्षात युनिटले दैनिक १४ घण्टा भन्दा बढी काम गर्दै छोटो समयमा फ्लोरको काम सकेको हो ।

गत चैत्र २७ गतेबाट मोफसलका सिनेमा हलमा प्रदर्शन भएको फिल्म 'रावण' को गीतसंगीत हुबहु कपि गरिएको पत्ता लागेको छ । 'बिरानो बिरानो यो दुनियाँ...' बोलको गीत 'बोलो ना तुमी अमर' नामको बंगाली फिल्मको संगीतबाट कपि गरेको पत्ता लागेको हो ।


२०६८ साललाई चलचित्र सफलताका हिसाबले हेर्दा नयाँहरुकै वर्ष भनेर बुझ्नुपर्ने हुन्छ । फिल्म लुटको सफलता नयाँ निर्देशककै थियो भने यसमा अभिनय गरेका कलाकारहरु सौगात मल्ल एवम् दयाहाङ राई समेत दर्शकहरुमा त्यति नचिनिएका अनुहार थिए ।

