Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21487 - 21492 of 23994
फिल्मीखबर, काठमाण्डौ, 2012-04-15, आईतवार

पाँच फिल्म निर्देशन गरिसकेका निर्देशक सुरेश दर्पण पोखरेलले ०६९ साल भित्रमा दुई नयाँ धारका फिल्म बनाउने घोषणा गरेका छन् । नेपाली युवती कसरी कल गर्ल हुन बाध्य हुन्छन् भन्ने थिम आधारित रहेर 'कल गर्ल' फिल्म उनको यो बर्षको पहिलो प्रोजेक्ट हुनेछ भने स्टोरी खुलाउन नचाहेको एक्सपेरिमेन्टल फिल्म 'एडल्ट' उनको दोस्रो प्रोजेक्ट हुनेछ ।

विष्णु शाही, नेपालगंज,, 2012-04-15, आईतवार

नववर्ष २०६९ को सुरुवात सँगै हट गायिका इन्दिरा जोशी र नायक तथा गायक प्रशान्त तामाङ नेपालगंज आएका छन् । युवापुस्ता माझ कम समयमा निकै लोकप्रिय हुन सफल गायिका जोशी र गोर्खा पल्टन हिरो तामाङ निष्पक्ष ध्वनि राष्ट्रिय दैनिक पत्रिकाको आयोजनामा नेपालगंज रंगशालामा भएको सांस्कृतिक कार्यक्रममा सहभागी हुन आएका हुन् ।

फरक कोण, काठमाण्डौ, 2012-04-14, शनिवार

ब्यक्तिगत रूपमा ५१ हजार लिएर हिरोईन फिल्मको सुटिङ गर्न दिएको भन्ने खबरले ईन्डष्ट्री तताएपछी आरोपित मनोज केसीले छोरीको कसम खादै आफूले गल्ती नगरेको दाबी गरेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-04-14, शनिवार

लोकप्रिय सामाजिक संजाल फेसबुकमा आधारित फिल्म 'फेसबुक' को फस्टलुक सार्वजनिक गरिएको छ । नयाँ बर्ष २०६९ को शुभकामना सहित दर्शकलाई उपहार स्वरूप प्रोमो र पोस्टर रिलिज गरिएको निर्माता सुनिल कुमार थापाले फिल्मीखबरलाई जानकारी गराए ।
 

अर्पण ढकाल, धरान, 2012-04-14, शनिवार

नयाँ वर्षको अवसर परेर रिलिज भएका दुई फिल्म मृगतृष्णा र रावण बन्दको मारमा परेका छन् । देशभरकै हलमा हिजो आक्रमक कलेक्सन गरेका यी दुवै फिल्मलाई माओबादीको असन्तुस्ट खेमा जनयुद्ध रक्षा फ्रन्टले गरेको मेचीकोशी बन्दका कारण ब्यापारमा ठुलो झट्का लागेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-04-14, शनिवार

कलाकार तथा निर्माता गोबिन्द शाहीले देशको अशान्ती, भ्रस्टचार तथा राजनैतिक परिवेशमा आधारित रहेर 'पुलिस' नामक फिल्म बनाउने भएका छन् ।

Results : 21487 - 21492 of 23994