
बधाई छ मालतीको भट्टीका निर्माता प्रदीप उदयलाई जसले तीन फिल्मको दौडमा आफूलाई अब्बल तुल्याउन सकेकोमा । हिजो शुक्रबार देखि रिलिज भएका तीन फिल्मको दौडमा मालतीको भट्टीले अल नेपाल ४० लाख ग्रस मार्क गरेको उदयको भनाई छ ।

बिधान संसोधनका लागि आज शनिबार बसेको कलाकार संघको साधारण सभामा बोल्दै अध्यक्ष रमेश बुढाथोकीले नयाँ कलाकारहरूको सदस्यताको संकट संघमा रहेको बताए । उनले भने, 'अहिले आएका नयाँ कलाकारहरू मध्ये कमै मात्र संघको सदस्य बनेका छन् जसमा हामीलाई केहि दु:ख लागेको छ ।

निर्माता एवं अभिनेता रोज राणालाई पितृ शोक परेको छ । मुटु रोगी उनका ७० बर्षीय पिता खड्गबहादुरलाई एक हप्ता अघि चाबहिल स्थित मेडिकेयर अस्पातल भर्ना गरिएको थियो ।

सुटिङका लागि गत असार ६ गते सिङ्गापुर गएको प्रमिशको जम्बो टोली आज बिहान स्वदेश फर्किएको छ । असार ८ देखि सिङगापुरका विभिन्न रमणीय स्थलमा सुटिङ गरिएको सो फिल्मको दुई दिन अघि सिङगापुर सुटिङ सकिएको थियो ।

सुटिङ शुरू हुनु पूर्वदेखि नै चर्चामा रहेको फिल्म 'बिन्दास' पोष्ट-प्रोडक्सनको अन्तिम चरणमा पुगेको छ । सानोभर्याङ स्थित युनिभर्सल कलर ग्रेडिङ स्टुडियोमा भर्खरै मात्र डबिङ सकिएको सो फिल्मको एक साता भित्रमा सम्पूर्ण काम सकिने र प्रदर्शनका लागि तयार हुने निर्देशक राजु गिरीले फिल्मीखबरलाई जानकारी दिए ।

सम्मान पाउन पनि भाग्यले जुराउनु पर्छ यस्तै भन्दै थिए संगीत साधक शम्भुजित बाँस्कोटा जसले साहित्यकार हरिभक्त कट्वालको पहिलो र अन्तिम फिल्म गितलाई आफ्नो संगीत भर्ने मौका पाएका थिए ।

