
फागुन ८ गते देखि फ्लोरमा गएको मायाज बारको सुटिङ शुक्रबारको मितिसम्म आईपुग्दा झण्डै तीन महिना पुग्छ । ५० लाखमा फिल्म सक्ने स्टेमेट गरेका निर्माता सुनिल मानन्धरको बजेट बढेर एक करोड फ्लोरमै नाघिसकेको अवस्था छ । तर पनि फिल्ममा कति बजेट अरू लाग्ने हो त्यो भन्न सकिने अवस्था छैन ।

बन्दको चपेटामा पर्दै भोली शुक्रबारबाट एमएस अग्रज निर्देशित फिल्म 'मार्यो नि मायाले मार्यो' राजधानीका १५ वटा जति हलमा रिलिज हुने भएको छ । एक बर्ष अघि मोफसलबाट प्रदर्शनमा आएको सो फिल्मले लगातारको बन्दमा पनि आफ्नो रिलिज यात्रा तय गरेको हो ।

भाद्र २९ गतेका लागि रिलिज डेट तोकिएको फिल्म 'बडीगार्ड' को भिडियो गीत फिल्मीखबरबाट प्रिमियर गरिएको छ । प्रिमियर गीतमा सञ्चिताका पूर्व पति आकाश शाहले शब्द मार्फत नायिका सौजन्य सुब्बा समक्ष आफ्नो पिडा पोखेका छन् ।

एक बर्ष अगाडी नै छायाकंन सकिएको दीपक श्रेष्ठ निर्देशित फिल्म वीर सुटिङ सुरू हुँदा देखिनै विभिन्न लफडा परेको थियो । सुरूवाती दिनमा एक नयाँ हिरोले सो फिल्ममा काम गर्न नसकेपछि उनको स्थानमा अभिनयका अब्बल हिरो दीलिप रायमाझीलाई अनुबन्धित गराईयो जस अनुरूप सो फिल्मको सुटिङ विभिन्न उतार चढावका बाबजुत जेनतेन सकियो ।

करिब तीन साता देखि सुदूर पश्चिम बन्दको शिकार भएको छ भने मध्य पश्चिम, पश्चिम तथा पूर्वी भेग पनि हरेक दिन जस्तो बन्दको शिकारमा परेको छ । राजधानी पनि यसबाट अछुतो रहन सकेन । यहि बन्दले गर्दा देशभरका हलहरू ठप्प छन् भने फिल्मको रिलिज डेट पनि धमाधम सरिरहेका छन् ।

बन्दले गर्दा राजमार्गमा अलपत्र यात्रुहरुको संघर्षको कथाको साथमा बैदेशिक रोजगारमा गएको लाहुरेको पिडा, सेक्स वर्करको कथा, टिनएजर रिलेसनसिपको कथा, पढेलेखेको बुद्धिजिवी नेपाल आएर केही गर्न खोज्दा भोग्नु परेका विभिन्न उतारचढावका प्रसङ्ग र लेज्बियन रिलेशन शिपको कथा समेटिएको फिल्म हाइवे यतिबेला निकै चर्चामा छ ।

