
बैशाख २१ गते देखि काठमाण्डूको विभिन्न लोकेशनमा सुटिङ भईरहेको मेरो भ्यालेन्टाईन युनिट दश दिनका लागि बिहिबार राति चितवन पुगेको छ । सुरज सुब्बाको निर्देशनमा तीब्र गतिमा फ्लोरमा रहको सो फिल्मको हाल सम्म ७५ प्रतिशत सुटिङ सकिएको छ ।

टाईटल धुँवा भन्दै फिल्मको सुटिङ समेत करिब सिध्याई सकिएको लक्ष्मण रिजाल निर्देशित सो फिल्म अबैधानिक ठहर भएको छ । चलचित्र विकास बोर्डको कुनै पनि कागजमा दर्ता नभएको सो फिल्म अवैधानिक रुपले विगत एक महिना देखि फ्लोरमा रहदै आएको प्रति फिल्मीखबरले प्रश्न गरेपछी बिहिबार सो फिल्मको सुटिङ कार्य अगाडी नबढाउन बोर्डले सम्बन्धित फिल्म निर्माण कम्पनी रिजाल एण्ड रिजाल प्रोडक्सनलाई लिखित पत्र काट्दै कारबाहीको चेतावनी दिएको छ ।

फिल्म प्रेमीहरूका लागि खुशीको खबर चाबहिल चुच्चेपाटी चोक नजिकै मेन रोडमा नै रहेको केएल टावरमा खुल्न लागेको अत्याधुनिक शैलीको फिल्म हलमा अब तपाईले राजधानीका अन्य मल्टिप्लेक्स जस्तै मज्जा लिन सक्नु हुने छ ।

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको दश बुँदे कार्ययोजना प्रति कडा आपत्ती जनाएको चलचित्र संघसँग बोर्डको बार्ता मिल्ने भएको छ । संघले बोर्डको दश बुँदे कार्ययोजना खारेज गर्न आफ्नो तर्फबाट समेत दश बुँदे योजना सार्वजनिक गर्दै चर्को दवाव दिएपछी विगत दुई महिना देखि यी दुई संस्था विच चर्को घम्सा घम्सी चलेको थियो । तर सार्वजनिक सरकारी योजनामा परिमार्जित गर्न दुवै संस्था सहमत भएपछी विवादित रूपले नयाँ मोड लिएको छ ।

मानिसको जीवनमा दुई रङ सुख र दु:ख अर्थात कालो र सेतोको चक्र भैरहने सन्दर्भलाई सस्पेन्स तरिकाले निर्माण गरिएको फिल्म 'रङ' को अफिसियल पोस्टरलाई फिल्मीखबरले रिलिज गरेको छ ।

डान्स बारमा काम गर्ने युवतीहरुको यथार्थ कथालाई आधार मानेर निर्माण गरिएको भनिएको फिल्म 'नाईट क्विन' जेष्ठ २६ गते रिलिजका लागि तयारी अवस्थामा छ । नेपाली युवतीहरू डान्स बार रहरले मात्र हैन बाध्यताले पनि जान्छन् भन्ने कथालाई फिल्मले उठान गरेको छ ।

