
श्रावण १८ मोफसल र १९ गतेका लागि राजधानी रिलिज तोकिएको मायाजको बारको पब्लीसिटीलाई तिब्रता दिदै श्रीराम बालाजी फिल्मसले आफ्नो फिल्मको अफिसियल ब्लग बनाएको छ ।

महिला फिल्मकर्मीहरुलाई खुशीको खबर अभिनेत्री मौसमी मल्लले आफ्नो नेतृत्वमा सवै विद्याका महिला फिल्मकर्मीलाई एकबद्ध गर्न नेपाल महिला चलचित्रकर्मी मंच गठन गरेकी छिन् ।

तनावग्रस्त संविधानसभाको स्थितिलाई मध्यनजर गर्दै जेठ १२ को रिलिज डेट स्थगित गरिएको मालतीको भट्टी अब असार २९ गते लाग्ने भएको छ । निर्माता प्रदीप उदका अनुसार देशब्यापी रुपमा असार २९ गतेको लक्ष्य सहित फिल्मको पब्लीसिटी पनि सोही अनुरुप बढाईने छ ।

मोडलिङबाट फिल्ममा पनि जम्प गरेका कलाकार हसन खानले आफ्नो ब्यावसायको पाटोमा थप एउटा रेष्टुरेण्ट खोल्दै फिल्मकर्मीहरुको जमघट गराएका छन् ।

शोभित बस्नेतको निर्देशनमा बिहिबार देखि फ्लोरमा गएको फिल्म जाउँ हिड पोखराको सुटिङ अहिले काठमाण्डूका विभिन्न ठाँउमा धमाधम भईरहेको छ । दरबारमार्ग एरियाबाट फिल्म खिच्न सुरु गरिएको सो फिल्मको दोस्रो दिन कलंकी ढुङ्गेअड्डामा रहेको सिभिल होम्सको स्विमिङ पुलमा एक गितको सुटिङ गरिएको छ ।

अन्तत: पानी बाराबारको अवस्थामा रहेका दुई संस्था चलचित्र बिकास बोर्ड र चलचित्र संघबीच नौ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ । आगामी दिनमा हरेक बिषयमा छलफल गरेर अघि बढ्ने सहमित सहित दुई संघले समग्र उद्योगको विकासमा नयाँ आयाम थप्ने प्रतिबद्धता जाहेर गर्दै शुक्रबार मध्यान्न जारी गरिएको नौ बुँदामा औपारिक हस्ताक्षर गरेका हुन् ।

