Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21265 - 21270 of 23998
फिल्मीखबर, काठमाडौँ, 2012-05-31, बिहिवार

सम्पूर्ण फिल्मकर्मीलाई एउटा नयाँ खबर आउदो श्रावण महिना देखि अब तपाईलाई सडक - चोकका भित्तामा फिल्मको पोष्टर टास्न पाउनु हुने छैन् । काठमाण्डू महानगरपालिकाले ल्याएको पेपर फ्रि  योजना अन्र्तगत बुधबार निर्मातासंघका पदाधिकारी बिच भएको पहिलो चरणको बार्ता अनुरुप सडकका भित्तामा पोष्टर टास्ने कार्यको   विकल्प खोजिएको हो । 

फिल्मीखबर, काठमाण्डौ, 2012-05-31, बिहिवार

श्रावण १८ गतेका लागि मोफसल र १९ का लागि राजधानी रिलिज डेट तोकिएको मेघा बजेटको फिल्म 'मायाज बार' को फस्ट लुक स्वरूप २१ सेकेण्डको भिडियो सार्वजनिक गरिएको छ ।
 

फिल्मीखबर, काठमाण्डौ, 2012-05-31, बिहिवार

अत्याधिक बढेको गर्मीको कारण सर्लाहीको लागि  तय गरिएको सुटिङ  स्थगित गर्दै जाउँ हिड पोखराको युनिट पोखरा मुभ भएको छ । गत जेठ ११ गते देखि काठमाण्डूका विभिन्न ठाँउमा सुटिङ हुँदै युनिट बुधबार पोखरा पुगेको हो । 'अत्याधिक गर्मी भएकाले सर्लाही सुटिङ स्थगित गर्दै पोखरा आएका हौं । यहाँ तीन हप्ता बस्छौं अनि जोमसोम जान्छौं र अन्त्यमा मात्र सर्लाही', निर्देशक शोभित बस्नेतले भने ।

फिल्मीखबर, काठमाण्डौ, 2012-05-30, बुधवार

संस्थालाई वेवास्ता गरेको तथा आर्थिक बिषयमा पारदर्शिता नभएको भन्ने आरोप खेप्दै दुई साता अघि कार्यसमितिको बैठकबाट कारबाहीमा परेका चलचित्र प्राविधिक संघका अध्यक्ष सन्तु तामाङको विकल्प खोज्न आउँदो असार ९ गतेका लागि साधारणसभा डाकिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-05-30, बुधवार

गल्ती गर्नेले जव सर्वत्र आलोचना खेप्छ तव उसले विभिन्न बहानाबाजी निकाल्दै आफूलाई चोखो राख्न जुन सुकै तर्क अघि सार्न पछि पर्दैन । र, यस्तै तर्क एटिएम टिमले पनि गरेको छ ।

अर्पण ढकाल, धरान, 2012-05-30, बुधवार

बैशाख २२ बाट उपत्यकाका सिनेमा घरहरु मार्फत प्रदर्शनमा आएको फिल्म 'कवच' आज बुधबारबाट पूर्वका हलमा समेत रिलिज भएको छ । विभिन्न माग राखेर जातीय पार्टी र राजनीतिक दलले देशभर बन्द हड्ताल गरे पछि फिल्म पूर्वमा रिलिज हुन पाएको थिएन । संबिधान सभाको बिघटनसंगै सम्पूर्ण बन्दहरु फिर्ता भएपछि फिल्मले पूर्वका हलमा प्रदर्शनको पालो पाएको हो ।

Results : 21265 - 21270 of 23998