
झण्डै एक महिना अघि मुहर्त भएको चलचित्र 'ए ६९' को नाम सुन्दा अधिकांशले अनौठो महसुस गरेका थिए । यसअघि पर्खिराख है र दुलहीको निर्देशन गरिसकेका बाबुराम ढकालको निर्देशन तथा रमेश सम्वेदनाको निर्माण रहने सो फिल्मको नाम अन्तत परिवर्तन गरिएको छ ।

नेपाली फिल्म राम्रो बन्नुमा महत्वपूर्ण भुमिका व्याकग्राउन्ड म्युजिकको पनि हुन्छ । वास्तवमा भन्दा ब्याकग्राउण्ड म्युजिकले नै फिल्मलाई माथी उठाउँछ । यहि पेशमा २ बर्ष देखि लाग्दै छोटो समयमा नै सबैको मन जित्न सफल भएका छन् एलिस कार्की ।

२६ दिन दिनदेखि निकै ब्यस्त रहेकी हिरोईन विनिता बरालले फुर्सद पाएकी छिन् । पहिलो फिल्म चपली हाईटको ५२ दिने सक्केस पार्टीमा उपस्थित हुन नसक्दै सोही दिनबाट नयाँ फिल्म फुलस्टपमा ब्यस्त भएकी उनी बिहिबार साँझबाट फ्रि भएकी हुन् ।

'मैले बारबार त्यो फोटोमा भित्र पट्टि लगाएको हाफ कट्टु नै हो भनेर भन्दा पनि उल्टो तरिकाले लेख्छन्', उनले कड्किँदै भनिन्- 'यीनिहरुलाई हाफ कट्टु र पेन्टी कस्तो हुन्छ भन्ने कु्रा पनि थाहा छैन कि के हो ? बरु थाहा छैन भने मै उनीहरुको अगाडी गएर कस्तो हुन्छ देखाईदिन्थेँ ।'

फिल्म आमसंचारको एउटा अभिन्न अंग हो । आमसंचारको अन्य माध्यमसंगै यसले पनि मनोरन्जनात्मक तरिकाले समाजको चित्रण गर्ने काम गर्छ । समाजलाई सहि दिशा तर्फ डोर्याउनका लागी फिल्मले पनि महत्वपुर्ण भुमिका खेल्छ । तर पछिल्लो दिनहरुमा नेपाली फिल्मले समाजलाई खराब दिशातर्फ डोर् याउन खोजेको आरोप खेप्दै आएको छ ।

भोली शुक्रबारदेखि रिलिज हुन लागेको अक्षय कुमार अभिनित बलिउड फिल्म रौडी राठोरमा महानायक राजेश हमाल स्पेशल भूमिकामा रहेको भन्ने झुठो खबर छर्दै फिल्मको नेपाल पब्लीसिटी स्टण्ड गर्न खोजिए पनि सो स्टण्ड फेल खाएको छ ।

