Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21241 - 21246 of 23998
फिल्मीखबर, काठमाण्डौ, 2012-06-05, मंगलवार

सफल प्रोड्यूसर छवि ओझाको फिल्म किस्मतबाट डेब्यू गरेका अभिनेता आर्यन सिग्देलले उनको  तीन वटा प्रोजेक्टमा निरन्तर खेले तर छवि पत्नी रेखा थापासंगको सम्बन्धमा आर्यनको उतारचढाव आएपछी सो क्याम्पमा आर्यन  आटाएनन् । छविले सधै चाहान्थे आर्यनलाई आफ्नो ब्रान्डिङ हिरो बनाउन तर रेखाको अगाडी छविको केही नलागेपछी आर्यनले छविका पछिल्ला दुई प्रोजेक्ट गुमाउनु पर्यो । 

फिल्मीखबर, काठमाण्डौ, 2012-06-04, सोमवार

दिलमाया फिल्मबाट पार्श्वसंगीतमा हात हालेका अर्जुन पोखरेल अहिले निर्माताको रोजाईमा परेका संगीतकार मध्येका एक हुन् । हुनत उनले संगीत भरेका दुई फिल्म दिलमाया र भनिदेउ न माया गर्छु मात्र रिलिज भएका छन् तर रिलिज हुन बाँकी भने एक दर्जन भन्दा बढि छन् ।
 

फिल्मीखबर, काठमाण्डौ, 2012-06-04, सोमवार

होम प्रोडक्सनको फिल्म बाबुसाहेव फल्प भएपछी त्यसको रन्काले झण्डै करिब चार बर्ष अमेरिका पलायन भएकी अभिनेत्री करिष्मा मानन्धर पुनः अमेरिका जाँदैछिन् । फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार अबको केही साता भित्रै उनी अमेरिका जान लागेकी हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-06-04, सोमवार

हमालको सहयात्री करिश्मा मानन्धरले भने उनलाई दिएको महानायको ट्याग परिवर्तन गर्नु पर्ने तर्क राखेकी छिन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-06-04, सोमवार

 

महानायक राजेश हमाल आफ्ना फ्यानहरुको घेराबन्दीमा धेरै पटक परेका छन् । आईतबार रङ फिल्मको सुटिङका लागि त्रिभुवन विश्वविद्यालय किर्तिपुरको शिक्षा संकायको लवीमा  युवा विद्यार्थीको घेराबन्दीमा परेपछी सो माहोलबाट बाहिर निस्कन उनले निकै सास्ती खेप्नु पर्‍यो ।

 
फिल्मीखबर, काठमाण्डौ, 2012-06-04, सोमवार

कानुन विपरित समाजमा हुने अपराधका घटनाहरूलाई मुख्य बिषय बनाएर निर्माण गरिएको फिल्म 'लूट कम्पनी' भाद्र महिनामा रिलिज गरिने बताईएको छ । फिल्मका निर्देशक सुरज चन्दले फिल्मको हाल राजधानीमा पोष्टप्रोडक्सनको काम भईरहेको फिल्मीखबरलाई बताए ।
 

Results : 21241 - 21246 of 23998