Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21019 - 21024 of 23719
फिल्मीखबर, काठमाण्डौ, 2012-05-24, बिहिवार

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको दश बुँदे कार्ययोजना प्रति कडा आपत्ती जनाएको चलचित्र संघसँग बोर्डको बार्ता मिल्ने भएको छ । संघले बोर्डको दश बुँदे कार्ययोजना खारेज गर्न आफ्नो तर्फबाट समेत दश बुँदे योजना सार्वजनिक गर्दै चर्को दवाव दिएपछी विगत दुई महिना देखि यी दुई संस्था विच चर्को घम्सा घम्सी चलेको थियो । तर सार्वजनिक सरकारी योजनामा परिमार्जित गर्न दुवै संस्था सहमत भएपछी विवादित रूपले नयाँ मोड लिएको छ  ।

फिल्मीखबर, काठमाण्डौ, 2012-05-24, बिहिवार

मानिसको जीवनमा दुई रङ सुख र दु:ख अर्थात कालो र सेतोको चक्र भैरहने सन्दर्भलाई सस्पेन्स तरिकाले निर्माण गरिएको फिल्म 'रङ' को अफिसियल पोस्टरलाई फिल्मीखबरले रिलिज गरेको छ ।
 

फिल्मीखबर, काठमाण्डौ, 2012-05-24, बिहिवार

डान्स बारमा काम गर्ने युवतीहरुको यथार्थ कथालाई आधार मानेर निर्माण गरिएको भनिएको फिल्म 'नाईट क्विन' जेष्ठ २६ गते रिलिजका लागि तयारी अवस्थामा छ । नेपाली युवतीहरू डान्स बार रहरले मात्र हैन बाध्यताले पनि जान्छन् भन्ने कथालाई फिल्मले उठान गरेको छ ।
 

फिल्मीखबर, काठमाण्डौ, 2012-05-24, बिहिवार

एक महिना अघि हुने भनिएको फिल्म जाऊँ हिड पोखराको सुटिङ बल्ल सुरू भएको छ । आज देखि यो फिल्मको सुटिङ दरबार मार्ग एरियाबाट सुरू गरिएको हो । 'बन्दका कारण एक महिना ढिलो भयो तर पनि अब रफ्तारमा अघि बढ्ने छौ', निर्देशक सोभित बस्नेतले भने ।

फिल्मीखबर, काठमाण्डौ, 2012-05-23, बुधवार

नेपालमा केहि भागको सुटिङ गरि अमेरिकामा सुटिङ गर्ने भनि ब्रेक गरिएको फिल्म 'ए फर अमेरिका' को बाँकी काम कहिले शुरू हुन्छ भन्ने टुंगो लाग्न सकेको छैन । गत दशैं महिनामा सुटिङ गरि ब्रेक भएको सो फिल्म एक बर्ष पुग्नै लाग्दा पुन: शुचारू हुन नसक्दा कतै सधैंका लागि ब्रेक हुने त हैन भन्ने प्रश्न पनि उब्जिन थालेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-05-23, बुधवार

बन्दको अन्यौलमा परि फिल्म रिलिज पोष्टपोण्ड भईरहेको अवस्थामा 'द लास्ट किस' भने आफ्नै घोषित मितीमा रिलिज हुने भएको छ । १२ गते रिलिज डेट तोकिएको सो फिल्म बन्द भए पनि सोही दिन रिलिज हुने निर्देशक बिबि फुँयालले फिल्मीखबरलाई जानकारी दिए ।
 

Results : 21019 - 21024 of 23719
Most Visited News (monthly)