
नायक जीवन लुईटेलको व्यस्तताल् अड्किएको फिल्म 'माई ब्रदर' को डबिङ बल्ल सकिएको छ । लामो समयको पर्खाई पश्चात जीवनले समय निकाले पछि डबिङ सकिएको निर्देशक बिष्णु भट्टराईले फिल्मीखबरलाई जानकारी दिए ।

ओपनिङ कलेक्सनमा ठूलो आश राखेको फिल्म बडीगार्डलाई बन्दले ठूलो झट्का दिएको छ । आज शुक्रबारबाट देशभरका ७५ भन्दा बढि हलमा एकसाथ प्रदर्शनमा आएको उक्त फिल्म आजको १२ बजेसम्मको नेपाल बन्दको शिकारमा परेको हो ।

दुरीले सम्बन्धको ब्याख्या आफै गर्छ भनेझै हिरोईन नीता ढुङगाना र हिरो जीवन लुईटेलको दुरीलाई फिल्मीखबरले नियालेको छ । पहिलो पटक एउटै सेटमा काम गरेका उनीहरुको १५ दिने भेटघाटले सम्बन्धलाई गाढा बनाएको फिल्मीखबरले बुझेको छ ।

नम्बर वान फिल्ममेकरको ट्याग भिरेका छवि ओझाले नयाँ फिल्मको टाईटल पोष्टर रिलिज गरेका छन् । सविर श्रेष्ठलाई दोहोर्याउँदै उनले यो छविराज प्रोडक्सनमा रेखा फिल्मस् र गुण सिनेमालाई अटाएका छन् ।

गफ निकै ठूलो छ तर एउटै ब्यानरमा निरन्तर दोहोरिएका निर्देशक योगेश घिमिरेले निर्माणाधिन फिल्म 'नोटबुक' लाई पचास बर्षपछि बन्ने फिल्म भनी संज्ञा दिएका छन् ।

असोज १ को सन्दर्भमा गत बर्ष देखि मनाउन सुरु गरिएको चलचित्र दिवसको तयारी दोस्रो बर्षमा तुहिने सम्भावना देखिएको छ । चलचित्र बिकास बोर्डको प्रमुख कुर्सी खाली रहेका कारण यसपालिको चलचित्र दिवस औपचारिक रुपमा नमाईन लागिएको हो ।

