
प्लान फ्लप भएपछि निर्माता कविता श्रेष्ठ निकै तनावमा थिईन् जुन तनावको श्रृङखला कतै अर्को फिल्ममा पनि देखिने त हैन भन्ने डरले उनले बरदानको रिलिज डेट झण्डै एक बर्ष पर धकेल्दै च्यारिटी शोलाई जोड दिएकी छिन् ।

डिभोर्स काण्ड पश्चात पूर्ण रुपमा अलग्गिएर बस्न थालेका उनीहरुले यो पटक ब्यानर साझेदारीमा फिल्म निर्माणमा चासो देखाएका थिए तर मिलेर निर्माण गर्न लागेको पहिलो फिल्मको शुभ साईतमा रेखा भने देखा परिनन् ।

दुई सुपरस्टार भुवन केसी र दिलिप रायमाझीको आज बर्थ डे परेको छ । सम्पर्क बाहिर रहेकाले भुवनले आज आफ्नो बथर्ड कसरी मनाईरहेका छन् त्यो थाहा हुन सकेको छैन तर दिलिपले भने दिदीबहिनीको माझ तीजको दर खादै आफ्नो बर्थ डे मनाउदैछन् ।

विभिन्न बहानामा एकीकृत माओवादीले आफ्नो पार्टी तर्फ फिल्मकर्मीलाई आकर्षित गर्न खोजिरहेको अवस्थामा नेपाली काँग्रेसले पनि फिल्मकर्मीलाई आकर्षित गर्न खोजेको देखिएको छ ।

अन्ततः लामो समय देखि चर्चामा रहदै आएको बक्स अफिस फिल्म अवार्ड २०६९ हुने भएको छ । अर्न्तराष्ट्रिय बजारमा नेपाली फिल्मको बजार बिस्तारको क्रममा पहिलो पटक अक्टुबर १२ मा दिउसो १:३० बजे दुबई स्थित बरदुबईको गोल्डेन सिनेमामा उक्त भब्य कार्यक्रम हुने तय भएको हो ।

आधुनिकतालाई अङ्गाल्नु पर्छ तर हाम्रो सभ्यता र साँस्कृतिक मान्यतालाई पनि बिर्सनु हुँदैन भने मूल मर्म बोकेको नेपाल भाषाको फिल्म 'पानबती' को प्रथम प्रदर्शन सोमबार विहान अष्टनारायण हलमा सम्पन्न भएको छ ।

