
झरना बज्राचार्यले अभिनय गरेको नयाँ फिल्म सेफ ल्याण्डिङको ९० प्रतिशत छायाँकन रातमा गरिएको छ । भदौ दोस्रो साता देखि सुटिङ सुरु गरिएको सो फिल्म तीन दिन पश्चात प्याकअप पनि हुँदैछ ।

नेपाली फिल्म 'बडीगार्ड' ले नेपाली रजतपटमा निकै चर्चा कमाएको छ । दर्शकहरुले निकै आशा राखेको सो फिल्म रिलिज भएकै दिन कैलालीमा बर्षा सुरु भयो तै पनि फिल्म हलमा दर्शकहरु खचाखच भरिए ।

बिशुद्ध पारिवारिक प्रेमकथालाई बुनेर निर्माण गरिएको फिल्म 'महसुस' को सुटिङ प्याकअप गरिएको छ । शनिबार साँझ २५ औं दिनमा फिल्मको सुटिङ सकेको निर्देशक नवल नेपालले फिल्मीखबरलाई जानकारी गराए ।

आज तपाईं कति बर्षको हुनु भयो भनेर फिल्मीखबरले प्रश्न गर्दा नायिका नीता ढुंगानाले भनिन्, 'म मेरै उमेरमा कन्फ्युज छु अब तपाईंलाई सही उत्तर कसरी दिनु ?'

मलेसियन प्रोजेक्ट 'सेफ ल्याण्डिङ' मा ब्यस्त रहेकी सुमिना घिमिरेलाई पनि ट्याटु रहरले छोएको उनले बनाएको ट्याटुले देखाउँछ ।

असोज १९ देखि हुन लागेको निर्देशक समाजको राष्ट्रिय स्तरको वर्कशप लगायत विविध फिल्मी समस्याको अवगत गराउन आज चलचित्र निर्देशक समाजले सञ्चारमन्त्री राजकिशोर यादवलाई भेटेको छ ।

