
नेपाली फिल्मको बजार विस्तारका लागि अष्ट्रेलियाको सोलाङ्चर कम्पनीले विगत २ वर्षदेखि निरंन्तर रुपमा पहल गर्दै नेपाली समुदायमाझ नेपाली फिल्म प्रदर्शन गर्दै आइरहेको छ । यसैक्रममा भर्खरै प्रदर्शनमा ल्याइएको नेपाली फिल्म हाइवे अष्ट्रेलियाका प्रमुख ६ शहरहरु सिड्नी, मेलवर्न, एडिलेड, ब्रिसबेन, पर्थ र डार्विनमा दैनिक ३ देखि ४ शोमा एकै साथ प्रदर्शन हुने छ ।

एउटा आईटम गीतको सुटिङ बाँकी राख्दै ईन्डक्ल्याप गर्न नपाएको 'लभ फरइभर' फिल्मको युनिट आजबाट फ्रि भएको छ । ४५ दिने सेडुलमा गीतकै लागि दुई हप्ता ब्रेक लिएको उक्त युनिटले बालाजु स्थित चलचित्र विकास कम्पनीको स्टूडियोमा आईटम गीत खिच्दै ईन्डक्ल्याप ठोकेको हो ।

नेपाली फिल्म 'दम द पावर' को बुधबार स्थानिय पत्रकारहरुले क्यामेरा, रोल, एक्सन र क्ल्याप हानेर शुभ मुहुर्त गरे । पछिल्लो समय राजधानीलाई छाडेर मोफसलमा मुहुर्त अर्थात फिल्मको शुभ साइत गरिने क्रममा 'दम' पनि थपिएको हो ।

अध्यक्ष हुन आफूसंग केही फिल्मकर्मीले लविङ गरे पनि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बरिष्ठ कलाकार मदनदास श्रेष्ठलाई चलचित्र विकास बोर्डमा पठाउने तयारी गरेका छन् ।

अगामी कार्तिक ३ गते अर्थात दशैंको छेकोमा नेपाली फिल्म उधोगमा ठूलै हलचल मच्चिने सम्भावना देखिएको छ । अझ भनौं यो बर्षको नवदुर्गामा हुन लागेको ५ फिल्मको भिडन्तमा कुन-कुन फिल्म बलिको बोका बन्ने हुन् हेर्न बाँकी छ ।

भाद्र १ गतेबाट सुटिङ शुरू गरिएको फिल्म 'अप्स एण्ड डाउन` को आज मंगलबार राजधानीको खुलामञ्चमा अन्तिम सुटिङ गरियो । फिल्मका निर्देशक जनक खकुरेलले फिल्मको सुटिङ आजबाट सकिएको जानकारी गराएका हुन् ।

