मिति : २०८२ वैशाख २४, बुधवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2005 - 2010 of 22577
फिल्मीखबर, काठमाडौं, २०८० मंसिर २४, आईतवार

अभिनेता अनमोल केसी विगत दुई सातादेखि पोखरामा फिल्म ‘फर्की फर्की’को छायांकन गरिरहेका छन् । फिल्ममा उनको जोडी अभिनेत्री जसिता गुरुङसँग बाँधिएको छ भने सुयोग गुरुङले निर्देशन गरिरहेका छन् । शनिबार छायांकनकै क्रममा एउटा रोचक भेटघाट भएको छ । अनमोल र गण्डकी प्रदेशका सांसद् तथा पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) आमने-सामने भएका हुन् ।

फिल्मीखबर, काठमाडौं, २०८० मंसिर २३, शनिवार

निर्देशक दिनेश राउतको नयाँ फिल्म ‘पूजार सार्की’मा अहिलेका तीन स्टार नायकहरु एकसाथ देखिने भएका छन् । आर्यन सिग्देल र प्रदीप खड्कापछि निर्देशक राउतले शनिबार पल शाहसँग सम्झौता गरेका छन् । अहिलेका नायकहरु आ-आफैं भिडिरहेको भन्ने टिप्पणी भैरहेको समयमा यो टिमअपले सकारात्मक सन्देश दिने देखिन्छ । पलले हालै फिल्म ‘मायावी’को छायांकन भ्याएका हुन् ।

फिल्मीखबर, काठमाडौं, २०८० मंसिर २३, शनिवार

‘डेसान’ फेम्ड निर्देशक कमल एक्चै मगरले आफ्नो तेस्रो फिल्म ‘आलिङ्गन’को निर्माण घोषणा गरेका छन् । अघिल्लो महिना गोरखा जिल्लाको मनकामना मन्दिरमा स्क्रिप्ट पूजाआजा गरेपछि उनले शनिबार एक थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको घोषणा गरेका हुन् । फिल्म सामाजिक प्रेमकथामा आधारित भएर निर्माण हुने जनाइएको छ । फिल्ममा निर्देशक मगरको कथा लेखन रहेको छ ।

फिल्मीखबर, काठमाडौं, २०८० मंसिर २३, शनिवार

यस वर्ष प्रदर्शनमा आएको फिल्म ‘हल्कारा’बाट अभिनयमा सम्भावना देखाएकी विनिता थापामगर अभिनीत नयाँ फिल्म ‘जम्प’ यही मंसिर २९ गतेबाट प्रदर्शन हुने तयारीमा छ । यसमा उनले ‘हल्कारा’मा भन्दा फरक चरित्र निर्वाह गरेकी छन् । जसले गर्दा काम गर्न गाह्रो भएको उनको अनुभव छ । फिल्मको चरित्र र आफ्नो पृष्ठभूमि फरक भएकाले धेरै मिहिनेत गर्नुपरेको उनी बताउँछिन् ।

फिल्मीखबर, काठमाडौं, २०८० मंसिर २३, शनिवार

लक्ष्मण सुवेदीद्वारा निर्देशित तेस्रो फिल्म ‘सतीदेवी’ फर्स्टलुक पोस्टर सार्वजनिक भएसँगै चर्चामा छ । अभिनेत्री मलिका महतलाई कालोमोसो र जुत्ताको माला लगाएर प्रस्तुत गरिएको पोस्टरले फिल्मको दृश्यभाषाप्रति धेरैमा कौतुहलता जगाएको छ । यसबीच, बुधबार फिल्म सेन्सर पास भएको छ । सबै उमेर समुहका दर्शकहरुले हेर्न मिल्ने गरी फिल्मले यूनिभर्सल सर्टिफिकेट पाएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८० मंसिर २२, शुक्रवार

करिश्मा श्रेष्ठ आफ्नो अभिनयले भन्दा प्रेम र ब्रेकअपका कारण ‘लाइमलाइट’मा रहेकी अभिनेत्री हुन् । अभिनेता सलोन बस्नेतसँग उनको प्रेम र ब्रेकअप कुनै बेला सुपरहिट थियो । तर, दुवैले अभिनय गरेका तीन फिल्म भने व्यावसायिक रुपमा सफल भएनन् । फिल्म ‘बाबु कान्छा’ रिलिजपछि उनको सलोनसँग ब्रेकअप भयो । यसपछि उनको फिल्मसँग पनि ब्रेकअपजस्तै देखिएको थियो ।

Results : 2005 - 2010 of 22577
Most Visited News (monthly)