मिति : २०८२ वैशाख २३, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1987 - 1992 of 22577
फिल्मीखबर, काठमाडौं, २०८० मंसिर २८, बिहिवार

गत असारमा नेपाल र भारतका हलमा एकसाथ प्रदर्शनमा आएको फिल्म ‘परस्त्री’ भारतको ओटीटी प्लेटफर्ममा रिलिज भएको छ । फिल्म हिन्दी भाषामा बिहीबार एमएक्स प्लेयरमा उपलब्ध भएको हो । यो प्लेटफर्ममा हिन्दी फिल्म तथा सिरिजहरु निःशुल्क हेर्न पाइने सुविधा छ । तर, नेपालमा यो एप वेब ब्राउजरमा भने खुल्दैन । प्ले स्टोरबाट एप डाउनलोड गरेर मात्र फिल्म हेर्न सकिन्छ ।

फिल्मीखबर, काठमाडौं, २०८० मंसिर २८, बिहिवार

संसारमा अनुहारको रुपरंग र शारीरिक ढाँचा उस्तै भएका मानिस अर्को पनि हुन्छ भनिन्छ । तर, अभिनेता अनमोल केसीका भने नेपालमै एकपछि अर्को मिल्दोजुल्दो अनुहार भएकाहरु भेटिरहेका छन् । केही समयअघि अनमोलको ‘डुब्लिकेट’ भन्दै अभिषेक श्रेष्ठ चर्चामा आएका थिए । उनले फिल्म पनि खेलिसके । यतिबेला इओन लिम्बूलाई पनि अनमोलको छायाँ भनिन थालिएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८० मंसिर २७, बुधवार

साउथ सुपरस्टार प्रभास अभिनीत फिल्म ‘सलार’मा नेपालकी गायिका मेनुका पौडेलको पार्श्व गायन रहेको गीत सार्वजनिक भएको छ । बुधबार साँझ निर्माण कम्पनी हम्बेल फिल्म्सको युट्युब च्यानलमा सार्वजनिक भएको ‘सूरज ही छाँव बनके’ बोलको हिन्दी संस्करणको गीतमा उनको स्वर समावेश छ । मेनुकाले गत हप्ता मात्रै यो गीत मुम्बईस्थित एक स्टुडियोमा रेकर्ड गराएकी थिइन् ।

फिल्मीखबर, काठमाडौं, २०८० मंसिर २७, बुधवार

‘विवाह गरेपछि अभिनेत्रीको करिअर संकटमा पर्छ’ भन्ने भाष्यलाई गलत प्रमाणित गरिदिएकी स्वस्तिमा खड्का अहिले करिअरको हिसाबले आफ्ना समकालिनभन्दा अगाडि देखिएकी छन् । अभिनयमा परिपक्वता र चरित्र निर्माणमा गर्ने मिहिनेतले उनलाई अब्बल कोटीको अभिनेत्रीको रुपमा समेत चिनाएको छ । र, उनलाई फिल्मको व्यावसायिक सफलताले पनि राम्रैसँग साथ दिइरहेको छ ।

फिल्मीखबर, काठमाडौं, २०८० मंसिर २७, बुधवार

डेढ दशकअघिको सुपरहिट फिल्म ‘मेरो एउटा साथी छ’मा पहिलोपटक आर्यन सिग्देल र दयाहाङ राईबीच सहकार्य भएको थियो । यो फिल्म आर्यनको काँधमा थियो भने दयाहाङले सहायक भूमिकामा काम गरेका थिए । अहिले समय फेरिएको छ । यतिबेला आर्यनभन्दा दयाहाङ ‘विकाउ नायक’ बनिरहेका छन् । उनीहरुले दोस्रोपटक फिल्म ‘लोफर’मा पनि एकसाथ काम गरेका थिए ।

फिल्मीखबर, काठमाडौं, २०८० मंसिर २७, बुधवार

बोल्ने शैलीका कारण प्रदीप खड्कालाई नेपाली फिल्मको ‘चतुर नायक’ भन्ने गरिएको छ । जुनसुकै प्रशंग र विषयमा उनी तर्कपूर्ण धारणा राख्न सक्छ । कहिले काहीँ बोलीकै कारण पनि आलोचित हुने गरेका छन् । यद्यपि, युवापुस्तामा उनको राम्रो क्रेज छ । आर्ट र कमर्शियल दुवै धारका फिल्ममा अभिनयको परीक्षा दिइसकेका उनले ‘प्रकाश’पछि त आफूप्रतिको दृष्टिकोण नै बदलेका छन् ।

Results : 1987 - 1992 of 22577
Most Visited News (monthly)