मिति : २०८२ वैशाख २४, बुधवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2011 - 2016 of 22577
एजेन्सी, मुम्बई, २०८० मंसिर २२, शुक्रवार

‘पठान’ फेम्ड निर्देशक सिद्धार्थ आनन्दद्वारा निर्देशित नयाँ फिल्म ‘फाइटर’को टिजर सार्वजनिक गरिएको छ । १ मिनेट १३ सेकेण्ड लम्बाईको टिजरमा फाइटर जेट्सको एरियल एक्सन देखाइएको छ । टिजरमा समावेश हरेक एक दृश्यले रोमाञ्चक बनाउँछन् । ब्याकग्राउन्ड स्कोर सशक्त छ । टिजरमा कुनै कलाकारको संवाद भने राखिएको छैन । यो फिल्म २५० करोड भारुमा बनेको हो ।

फिल्मीखबर, काठमाडौं, २०८० मंसिर २२, शुक्रवार

कुनै बेला ‘जीरे खुर्सानी’ हास्य सिरियलमा ट्राफिक हवल्दार बनेर ‘नियम कडा छ’ भन्दै बोल्ने संवादकै कारण चर्चित बनेका गोपाल नेपाल ‘फिस्टे’ले विगत एक दशकदेखि अमेरिकालाई कर्मथलो बनाएका छन् । सिरियलमा गाडी रोकेर चेकजाँच गर्ने प्रहरी बनेका उनी अमेरिकामा भने गाडीको चालक बनेका छन् । होका कदका उनी ७/८ वर्षदेखि १८ चक्के मालवाहक गाडी चलाउने गर्छन् ।

फिल्मीखबर, काठमाडौं, २०८० मंसिर २२, शुक्रवार

नबीन सुब्बाले ६ वर्षपछि निर्देशनमा कमब्याक गरेको फिल्म ‘गाउँ आएको बाटो’को प्रदर्शन मिति घोषणा गरिएको छ । शुक्रबार एक पोस्टरमार्फत् अर्को वर्षको जेठ १८ गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो । पोस्टरमा अभिनेता दयाहाङ राई र बाल कलाकार प्रशान राई फिचरिङ छन् । एक गाडीको दृश्य समेत समेटिएको पोस्टरले बाबु-छोराको सम्बन्धलाई दर्शाएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८० मंसिर २१, बिहिवार

अभिनेता सौगात मल्लसँग ब्रेकअप भएपछि अभिनेत्री सृष्टि श्रेष्ठले कुनै पनि फिल्ममा काम गरेकी थिइनन् । जसले गर्दा ब्रेकअपपछि उनलाई फिल्मको प्रस्ताव आउन टुटेको समेत चर्चा भयो । तर, यो चर्चाबीच उनी क्राइम-थ्रीलर जनरामा बन्न लागेको नयाँ फिल्म ‘११ः५५’मा आबद्ध भएकी छन् । बिहीबार काठमाडौंमा एक कार्यक्रका बीच फिल्मको औपचारिक रुपमा निर्माण घोषणा गरियो ।

फिल्मीखबर, काठमाडौं, २०८० मंसिर २१, बिहिवार

मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा यही मंसिर २३ गतेदेखि काठमाडौंमा ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ हुने भएको छ । महोत्सवको ११औं संस्कारण मंसिर २६ गतेसम्म प्रदर्शनी मार्गस्थित नेपाल पर्यटन बोर्ड र चाबहिलस्थित चलचित्र विकास बोर्डको सभा हलमा आयोजना हुने जनाइएको छ । यसपटक महोत्सवको नारा भने ‘सामूहिक अधिकार’ भन्ने छ ।

फिल्मीखबर, काठमाडौं, २०८० मंसिर २१, बिहिवार

उदय सुब्बा फिल्म निर्देशनमा २ दशकभन्दा बढी समयदेखि सक्रिय रुपमा छन् । उनले निर्देशन गरेका ‘लेखान्त’, ‘क्रान्ति’, ‘कार्याङ ग्याङ’, ‘कानुन’ जस्ता फिल्म व्यावसायिक रुपमा सफल मानिन्छन् । उनले निर्देशनसँगै निर्माण र अभिनयलाई पनि निरन्तरता दिँदै आइरहेका छन् । उनको २३औं निर्देशन रहेको फिल्म ‘दुई कदम’ यही मंसिर २९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको छ ।

Results : 2011 - 2016 of 22577
Most Visited News (monthly)