
विश्वभरका फिल्मकर्मी र मिडियाकर्मीहरुको सम्मेलन ‘फोकस २०२३, मिट द मेकर्स’मा नेपालबाट सम्पादक तथा निर्देशक निशान बाबु घिमिरेले सहभागिता जनाएका छन् । ‘द लोकेशन गाइड लण्डन’को आयोजनामा लण्डनस्थित विजनेस डिजाइन सेन्टरमा यही डिसेम्बर ५ र ६ सम्म भएको सम्मेलनमा उनलाई आयोजकले लामो अध्ययन तथा केही चरणको वार्तालापपछि छनोट गरेका थिए ।

भारतीय फिल्ममा नकारात्मक भूमिकामा रुचाइएका अभिनेता ह्यारी जोशले नेपाली फिल्ममा अभिनय गर्ने भएका छन् । ‘वान्टेड’, ‘धूम २’, ‘वेलकम’ जस्ता फिल्ममा अभिनय गरिसकेका उनी नेपाली फिल्म ‘देव वाणी’मा देखिन लागेका हुन् । फिल्ममा अभिनय गर्न उनी बुधबार नेपाल आइसकेका छन् । उनलाई फिल्मको टिमले त्रिभुवन विमानस्थालमा खादा र मालाले स्वागत गरेको थियो ।

बक्स अफिसमा फ्लप तर युट्युबमा सर्वाधिक रुचाइएको बलिउड फिल्म ‘सनम तेरी कसम’बाट चर्चामा आएका अभिनेता हर्षवर्धन राणेको नेपालमा पनि राम्रो क्रेज छ । गत वर्ष साथीको विवाहमा सहभागी हुन नेपाल आउँदा काठमाडौंको एक रेस्टुराँमा उनलाई हेर्नकै लागि युवायुवतीहरुको ठूलो भीड लागेको थियो । र, उनले नेपाली फ्यानहरुप्रति दर्शाएको प्रेमको धेरैले प्रशंसा गरेका थिए ।

उदय सुब्बा निर्देशित फिल्म ‘दुई कदम’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंका एक कार्यक्रमबीच सार्वजनिक २ मिनेट ३ सेकेण्ड लम्बाईको ट्रेलरमा एक जोडीको प्रेममा आउने उतार-चढाव र लिम्बु संस्कारलाई प्रस्तुत गरिएको छ । ट्रेलरको सुरुवातमा रहेको इओन लिम्बु र सिमोन गिरीको बाइक यात्रा र नोकझोंकको दृश्य भने फिल्म ‘प्रेमगीत’सँग मिल्दोजुल्दो देखिन्छ ।

पछिल्लो समय साउथ र बलिउडका एक्सन फिल्ममा मेसिनगनको प्रयोग अनिवार्य जस्तै भएको छ । ‘केजीएफ’, ‘पठान’, ‘एनिमल’, ‘टाइगर ३’ जस्ता फिल्ममा प्रयोग भएको मेसिनगनलाई लिएर राम्रै चर्चा भएको थियो । विशेषगरी ठूला एक्सन सिनमा मेसिनगनको प्रयोग गरिन्छ । अब नेपाली एक्सन प्रधान फिल्म ‘दान्भी’मा अभिनेत्री पूजा शर्मा शक्तिशाली मेसिनगनसहित देखिने भएकी छन् ।

- फेरि ‘दान्भी’ निर्देशकको एक्सन फिल्ममा देखिँदै पूजा
- ‘महाभोज’को ‘लालुमै’ गीतः मलिकाको बिहेमा दयाहाङदेखि निश्चलसम्मको नृत्य
- नेपाली र हिन्दी भाषामा रिलिज हुने ‘अभिमन्यु’ २५ दिनमा प्याकअप
- ‘यो मन त मेरो नेपाली हो’को खैँजडी गीत रिलिज
- ‘झिल्को’ टिमसँग वर्षा असन्तुष्ट, लेख्छिन्, ‘कलाकार मात्रैले केही गर्न सक्दैन’