Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1993 - 1998 of 24233
फिल्मीखबर, काठमाडौं, 2025-02-10, सोमवार

काठमाडौंका मेयर तथा र्‍यापर बालेन शाहले फिल्म ‘लाज शरणम्’का लागि गाएको ‘नेपाल हाँसेको’ बोलको र्‍याप गीत सार्वजनिक भएको छ । बालेनकै युट्युब च्यानलबाट सार्वजनिक गीतमा उनी स्वयंको शब्द तथा म्यूजिक कम्पोज छ । यो गीतको अडियो १० वर्षअघि नै रिलिज भइसकेको थियो । भिडियो भने बनेको थिएन । त्यही गीतलाई बालेनले फिल्मका लागि पुनः रेकर्ड गरेका हुन् ।

फिल्मीखबर, काठमाडौं, 2025-02-10, सोमवार

गत असारमा अभिनेत्री पूजा शर्माले ‘दान्भी’ रिलिजको बेला हल ‘भिजिट’को क्रममा ‘काली २’ बन्न लागेको घोषणा गर्दै आफू र रेखा थापाको मुख्य भूमिका रहने जानकारी गराएकी थिइन् । तर, अब रेखा र पूजा दोस्रो पटक एकसाथ देखिन लागेको फिल्मको नाम ‘काली २’ नराखिने भएको छ । निर्देशनको जिम्मेवारीमा रहेका सविर श्रेष्ठले नयाँ नाम र नयाँ कन्सेप्टमा फिल्म बन्ने जानकारी दिए ।

फिल्मीखबर, काठमाडौं, 2025-02-10, सोमवार

एकता पौडेलको निर्देशनमा फिल्म ‘हर्ष’ बन्ने भएको छ । सोमबार उनले फिल्मको निर्माण घोषणा गर्दै मुख्य भूमिकामा अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री आँचल शर्मालाई अनुबन्धित गरिएको जानकारी गराइन् । पहिलो पटक खगेन्द्र र आँचलले फिल्ममा सहकार्य गर्न लागेका हुन् । र, एकताको यो डेब्यु निर्देशकीय फिल्म हो ।

फिल्मीखबर, काठमाडौं, 2025-02-10, सोमवार

अभिनेता सलोन बस्नेतको नीजि जीवन र करिअरमा नयाँ अध्याय सुरु भएको छ । गत बैशाखमा उनी छोरीको पिता बने । यसपछि आफैंले पहिलो पटक फिल्म निर्माण गरेका छन् । त्यो फिल्म हो, ‘रंगी’ । यसमा उनी छोरीको पिताकै भूमिकामा छन् । फिल्ममा पहिलो पटक उनले बाबुको भूमिकामा अभिनय गरेका हुन् । यसैले पनि ‘रंगी’लाई उनको करिअरको दोस्रो इनिङ मानिएको छ । 
 

फिल्मीखबर, काठमाडौं, 2025-02-09, आईतवार

अभिनेता प्रदीप खड्का अभिनीत फिल्म ‘एक्टर : टेक वन’ले घरेलु बक्स अफिसमा अपेक्षित व्यापार गर्न सकेन । निर्माताले व्यापार सार्वजनिक नगर्नुले पनि फिल्मको अवस्था दयनीय रहेको प्रष्ट बुझिन्छ । यद्यपि, दोस्रो सातामा प्रवेश गरेको यो फिल्म अब विदेशमा प्रदर्शन हुन थालेको छ । जापानबाट यसको सुरुवात भएको हो । यतिबेला जापानका विभिन्न सहरमा फिल्म प्रदर्शन भइरहेको छ ।

फिल्मीखबर, काठमाडौं, 2025-02-09, आईतवार

नेपाली फिल्मको कालजयी गीतमध्येमा पर्छ, ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ । फिल्म ‘दैव संजोग’मा समावेश यो गीत अझै पनि जनमानसको मुखमा झुन्डिएको छ । अब यसको रिमेक भर्सन आउने भएको छ । फिल्म ‘नरसिंहा : अवतार’का लागि संगीतकार शम्भुजित बाँस्कोटाले उक्त गीतको रिमेक भर्सन तयार पारेका छन् । गीतलाई भिडियोमा समेत उतारिसकिएको छ ।

Results : 1993 - 1998 of 24233