Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2023 - 2028 of 23507
फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण ४, शुक्रवार

हाँस्य टेलिश्रृंखलामा सफलता हासिल गरेपछि फिल्म निर्माणमा आउने कलाकारहरुको समुह बढ्दो छ । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यबाट सुरु भएको यो श्रृंखला दीपकराज गिरी र दीपाश्री निरौला हुँदै अब ‘सक्किगोनि’ का कुमार कट्टेल र अर्जुन घिमिरेसम्म आइपुगेको छ । यो समुहले शुक्रबार एक कार्यक्रमका बीच पहिलो फिल्मको रुपमा ‘लाज शरणम्’ को औपचारिक घोषणा गर्‍यो ।

फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण ३, बिहिवार

यतिबेला नेपालका हलमा विदेशी फिल्मको दबदबा देखिएको छ । हलिउड र बलिउडसहित करिब ६ वटा फिल्म प्रदर्शन भैरहेका छन् भने नेपाली एउटा मात्र छ । अब भोलि शुक्रबार (साउन ४ गते) बाट अर्को आशातित बलिउड फिल्म थपिँदैछ, ‘ब्याड न्यूज’ । सन् २०१९ मा आएको सफल फिल्म ‘गुड न्यूज’को फ्रेन्चाइज भएकाले यसले नेपालमा पनि राम्रो व्यापार गर्ने प्रक्षेपण गरिएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण ३, बिहिवार

पर्वत जिल्लाको मोदीबेनीमा घटेको अविश्वसनीय घटनामा आधारित भएर बनेको फिल्म ‘मोदीबेनी’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार नयाँ बानेश्वरस्थित आइएनआइ सिनेमा हलमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तुलाई लिएर महत्त्वपूर्ण प्रकाश पारेको छ । द्वन्द्व, प्रेम, कमेडी, वेदना र पारिवारिक कथा समेटिएको ट्रेलरले थ्रिल पनि महसुस गराउँछ ।

एजेन्सी, काठमाडौं, २०८१ श्रावण ३, बिहिवार

सन् २०१८ मा आएको सुपरहिट फिल्म हो, ‘स्त्री’ । २५ करोडमा बनेको फिल्मले त्यतिबेला भारतमा मात्रै १ सय ३० करोडमाथिको व्यापार गरेको थियो । राजकुमार राव, श्रद्धा कपूर र पंकज त्रिपाठीको मुख्य भूमिका रहेको फिल्मलाई हरर-कमेडी जनरामा हिन्दी फिल्मका लागि ‘ल्यान्डमार्क’ मानिन्छ । यसको चार वर्षपछि अब सिक्वेल आउँदैछ । आगामी अगस्ट १५ मा फिल्म प्रदर्शन हुँदैछ ।

फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण ३, बिहिवार

अभिनेता भुवन केसीको फिल्मी करिअर जति सफल छ, उत्तिकै विवादित पनि छ । उनको विवादको श्रृंखला चलचित्र विकास बोर्ड पुग्दा पनि रोकिएन । उनका एकपछि अर्को निर्णयहरु विवादमा तानिएका छन् । जसले गर्दा उनको कार्यकाल बोर्डकै इतिहासमा विर्सनलायक बनेको छ । अब यही साउन ९ गतेबाट उनको २ वर्षे कार्यकाल सकिँदैछ । र, उनको विदाई पनि विवादबाटै हुँदैछ ।

फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण २, बुधवार

‘युवा स्टार’ प्रदीप खड्का र नव-अभिनेत्री दिव्या रायमाझीको मुख्य भूमिका रहेको फिल्म ‘एक्टर’को छायांकन सकिएको छ । दुई चरणमा गरी ४५ दिन (पोखरामा १० दिन र काठमाडौंमा ३५)मा फिल्म ‘प्याकअप’ भएको हो । यद्यपि, एउटा गीत खिच्न भने बाँकी छ । त्यसलाई अर्को महिना युरोपमा खिच्ने तयारीमा निर्माण टिम छ । फिल्मलाई लक्ष्मीपूजा (कात्तिक १५ गते)मा प्रदर्शन गरिँदैछ ।

Results : 2023 - 2028 of 23507