मिति : २०८२ वैशाख २३, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1975 - 1980 of 22577
फिल्मीखबर, काठमाडौं, २०८० मंसिर ३०, शनिवार

नाबालिग बलात्कारको आरोप लागेका अभिनेता पल शाह (पूर्ण विक्रम शाह)लाई सफाइ दिने उच्च अदालत पोखराको फैसलालाई सर्वोच्च अदालतले दोहोर्‍याएर हेर्न अनुमति दिएको छ । उच्च अदालत पोखराको फैसलाविरुद्ध २०७८ गैंडाकोट ५ (ख)ले सर्वोच्च अदालतमा दोहोर्‍याएर हेरि पाउँ भन्दै निवेदन दिएको थियो । उक्त निवेदनमाथि मंसिर २२ गते सर्वोच्चमा सुनुवाइ भएको थियो ।

फिल्मीखबर, काठमाडौं, २०८० मंसिर ३०, शनिवार

‘प्रकाश’ फेम्ड निर्देशक दिनेश राउतले २०७६ सालको कात्तिकमा ‘गाजलु’ निर्माता रोहित अधिकारीको एक बेनामे फिल्म सम्झौता गरेका थिए । दुवैको तयारी लभस्टोरी फिल्म बनाउने थियो । पछि दीपकराज गिरी समुहलाई भित्राउने गरी कमेडी विषयवस्तुमा फिल्म ‘छब्बीस करोड’ निर्माण गर्ने तयारी गरियो । स्क्रिप्ट समेत लेखियो । तर, अब यो फिल्मको भविष्य नै अन्योलमा परेको छ ।

फिल्मीखबर, काठमाडौं, २०८० मंसिर ३०, शनिवार

बलिउड फिल्म ‘एनिमल’ दुई हप्तादेखि घरेलू बक्स अफिसमा गर्जिरहेको छ । भारतमै ४ सय ७६ करोडमाथि कमाई गरिरसकेको फिल्म व्यापारमा अझै बलियो देखिएको छ । फिल्मको ‘लाइफटाइम कलेक्सन’ भारतमा ६ सय करोड हाराहारी हुने प्रक्षेपण छ । फिल्मले व्यापारमा रेकर्ड बनाइरहँदा अभिनयलाई लिएर अभिनेताद्वय रणवीर कपूर र बबी देओलको चर्चा यतिबेला उत्कर्षमा छ ।

फिल्मीखबर, काठमाडौं, २०८० मंसिर २९, शुक्रवार

ग्याङस्टर फिल्म ‘षडङ्ग’ बाट निर्देशनमा राम्रो सम्भावना देखाएका सुरज सुनुवारले झन्डै ९ वर्षको विश्रामपछि फिल्म ‘खजुरे ब्रो’बाट पुनरागमन गर्ने भएका छन् । शुक्रबार विहान ललितपुरस्थित बंगलामुखी मन्दिरमा स्क्रिप्ट र क्ल्याप बोर्ड पूजा गर्दै फिल्मको शुभ साइत गरिएको छ । कमेडी कथावस्तुमा बन्न लागेको फिल्ममा अभिनेता महेश त्रिपाठी मुख्य भूमिकामा अनुबन्ध भैसकेका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८० मंसिर २९, शुक्रवार

कुनै समय फिल्म निर्माण र अभिनयमा प्रज्ञा जोशी सक्रिय देखिएकी थिइन् । ‘नोटबुक’, ‘सम्झना’, ‘सपुत’, ‘न बिर्सें तिमीलाई न पाएँ तिमीलाई’ जस्ता फिल्म निर्माण गरिसकेकी उनी केही वर्षयता भने सिरियलतिर आकर्षित छिन् । यतिबेला ‘सहारा’ नामक सिरियल निर्माण तथा अभिनयमा व्यस्त रहेकी उनी अब १७ वर्षअघिको लोकप्रिय टेलिसिरियल ‘सिन्दूर’ पुनः निर्माण गर्न लागिपरेकी छन् ।

फिल्मीखबर, काठमाडौं, २०८० मंसिर २९, शुक्रवार

गत वर्षको ‘सेमी हिट’ फिल्म ‘के घर के डेरा’लाई सिरिजको रुपमा अगाडि बढाइने भएको छ । शुक्रबार एक पोस्टरमार्फत् यसको दोस्रो श्रृंखलाको निर्माण घोषणा गरिएको छ । ‘के घर के डेरा : घर नं २’ नाम जुराइएको फिल्मलाई दीपेन्द्र के. खनालले निर्देशन गर्नेछन् भने ‘कर्णाली ब्लूज’ पुस्तकका लेखक बुद्धिसागरको लेखन रहेको छ । फिल्मलाई अर्को वर्षको तिहारमा रिलिज गरिँदैछ ।

Results : 1975 - 1980 of 22577
Most Visited News (monthly)