मिति : २०८२ वैशाख २३, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1981 - 1986 of 22577
फिल्मीखबर, काठमाडौं, २०८० मंसिर २९, शुक्रवार

नेपाली कलाकारहरु एकआपसमा मिलेर काम गर्दैनन् भन्ने चर्चा भैरहेको समयमा अहिले केही फिल्ममा स्थापित कलाकारहरुबीच सहकार्यको प्रयास भैरहेको छ । फिल्म ‘पूजार सार्की’मा तीन स्टारहरु आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले पहिलोपटक एकसाथ काम गर्दैछन् । अब प्रदीपको अर्को फिल्म ‘एक्टर’मा पनि नाम चलेकै कलाकारबीच सहकार्यको सम्भावना देखिएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८० मंसिर २९, शुक्रवार

यस वर्षको ब्लकबस्टर फिल्म ‘जारी’ फेम्ड निर्देशक उपेन्द्र सुब्बाको दोस्रो फिल्म ‘मनसरा’को आगामी वर्षको बैशाख २१ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण कम्पनी कबड्डी फिल्मस्ले शुक्रबार एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । फिल्ममा ‘जारी’ जोडी दयाहाङ राई र मिरुना मगर मुख्य भूमिकामा छन् । पोस्टरमा मिरुनालाई चित्रण गरिएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८० मंसिर २९, शुक्रवार

गत कात्तिक २४ गतेदेखि प्रदर्शन भएको फिल्म ‘दिमाग खराब’पछि हलमा नेपाली फिल्मको उपस्थिति शून्य थियो । ठूला बलिउड फिल्मका कारण एक महिनादेखि नयाँ नेपाली फिल्म प्रदर्शनमा आउन सकेका थिएनन् । शुक्रबारबाट भने दुई नेपाली फिल्म ‘दुई कदम’ र ‘जम्प’ एकसाथ प्रदर्शनमा आएका छन् । दुवै फरक विषयमा बनेका फिल्म हुन् । र, यसका लक्षित वर्ग पनि फरक छन् ।

फिल्मीखबर, काठमाडौं, २०८० मंसिर २८, बिहिवार

म्यूजिक भिडियोमा स्थापित कुन्साङ बम्जनले फिल्म ‘दान्भी’बाट अभिनेताको रुपमा डेब्यूको मौका पाएका छन् । फिल्ममा उनको अपोजिटमा पूजा शर्मा छिन् । फिल्मको एक मात्र नायक भएकाले उनको चर्चा राम्रो हुने अनुमान गरिएको थियो । तर, पोस्टर र टिजरमा उनको उपस्थितिले निराश बनाउँछ । निर्देशक रुपेश तामाङले पूजालाई प्राथमिकता दिँदा कुन्साङ छायाँमा परेका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८० मंसिर २८, बिहिवार
फिल्मीखबर, काठमाडौं, २०८० मंसिर २८, बिहिवार

आगामी फागुन २५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रङ्गेली’ स्टारकास्टका कारण चर्चामा छ । हिटमा ह्याट्रिक गरिसकेको जोडी दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको फिल्ममा अर्पण थापा भिलेन बनेका छन् । यस्तै, अर्का अभिनेता प्रवीण खतिवडाले प्रहरी निरीक्षक (इन्सपेक्टर)को भूमिका निभाएका छन् । बिहीबार उनको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ ।

Results : 1981 - 1986 of 22577
Most Visited News (monthly)