मिति : २०८२ वैशाख २३, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1969 - 1974 of 22577
फिल्मीखबर, काठमाडौं, २०८० पौष २, सोमवार

यो वर्षको ७ महिनालाई समीक्षा गर्दा नेपाली फिल्मका लागि सुखद् मान्न सकिन्छ । यो अवधिमा दुई दर्जन आसपास फिल्म रिलिज हुँदा ५ फिल्म सफल भए । र, यस वर्षको अन्त्यसम्म यो अंक १० पुग्न सक्ने सम्भावना प्रवल छ । एकसेएक ठूला विदेशी फिल्मसँग प्रतिस्पर्धाका बावजूद नेपाली फिल्मले व्यावसायिक सफलता हासिल गर्नु फिल्म क्षेत्रकै लागि एउटा ठूलो उपलब्धि मान्न सकिन्छ ।

फिल्मीखबर, काठमाडौं, २०८० पौष २, सोमवार

यसमा दुईमत नै छैन कि पल शाह अहिलेको समयका राम्रो क्रेज भएका अभिनेता हुन् । विशेषगरी म्यूजिक भिडियोबाट उनी घर-घरमा चिनिएका छन् । एक घटनाका कारण एक वर्ष जेल जीवन विताए पनि उनको क्रेज खासै खस्किएको छैन । मेला-महोत्सवमा उनको नामले उर्लिने भीडले पनि यो प्रष्ट देखाउँछ । जेलमुक्त भएपछि उनी लगातार विभिन्न महोत्सवमा सहभागी भइरहेका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८० पौष १, आईतवार

कुनै बेला नेपाली फिल्म र थिएटर (नाटक) दुई ध्रुवका मानिन्थे । दुवै क्षेत्रले एकअर्काको अस्तित्व स्वीकार गर्न सकिरहेका थिएनन् । तर, यतिबेला अलगै परिदृश्य छ । फिल्म र थिएटर दुवै समान रुपमा अगाडि बढिरहेका छन् । र, दुवै क्षेत्रमा कलाकार आदान-प्रदानको श्रृंखला चलिरहेको छ । यसअर्थ फिल्म र थिएटरबीचको वर्षौंदेखिको अघोषित दूरी समयसँगै विस्तारै मेटिँदै गएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८० पौष १, आईतवार

आगामी माघ १९ गतेदेखि प्रदर्शनमा आउन लागेको राजु गिरीद्वारा निर्देशित फिल्म ‘नम्बरी सुन’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘तिमी बर म पीपल’ बोलको रोमान्टिक गीतमा प्रताप दास र अनु चौधरीको स्वर तथा अर्जुन पोखरेलको शब्द रचना र संगीत छ । गीतको भिडियोमा फिल्मका मुख्य अभिनेता गौरव पहारी र अभिनेत्री नम्रता सापकोटा एकअर्कासँग प्रेमिल देखिएका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८० पौष १, आईतवार

निर्माताको रुपमा चिनिएका सन्तोष अधिकारी यही पुष २७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘चित्रा’बाट अभिनयमा आएका छन् । फिल्मको निर्माता समेत रहेका उनको अभिनयप्रति रुचि तात्तातो भने होइन । २२ वर्षदेखि फिल्मको हिरो बन्ने सुषुप्त चाहना पालेर बसेका थिए, उनी । कोरोना महामारीका कारण जारी लकडाउनको समयमा उनको त्यो चाहना उत्कट रुपमा प्रकट भयो ।

फिल्मीखबर, काठमाडौं, २०८० पौष १, आईतवार

अभिनेत्री वर्षा राउत विवाहपछि व्यवसायमा पनि जोडिएकी छिन् । श्रीमान् संजोग कोइरालासँग मिलेर उनले ‘चिया अड्डा’सँगै केही रेस्टुरेन्ट व्यवसायमा हात हालेकी छन् । तर, सबै व्यवसाय लगभग संजोग एक्लैले हेरिरहेका छन् । वर्षा भने फिल्ममा व्यस्त छिन् । अब उनी आफैं ‘रिक्स’ लिएर विजनेश गर्न चाहन्छिन् । अर्थात् आफ्नो एकल लगानी र रेखदेखमा विजनेश गर्ने उनको योजना हो ।

Results : 1969 - 1974 of 22577
Most Visited News (monthly)