Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1963 - 1968 of 23507
फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण २१, सोमवार

बाबु साहेब बलामीको निर्देशन रहने फिल्म ‘माइली’को मुहूर्त गरिएको छ । सोमबार काठमाडौंस्थित भद्रकाली मन्दिरमा फिल्मकी मुख्य अभिनेत्री प्रियंका कार्की र गायिका समेत रहेकी कमला घिमिरेले ‘मुहूर्त सट’ दिएका थिए । यसमा उनीहरुले आमा-छोरीको भूमिका निभाउँदैछन् । कमलाले यही फिल्मबाट अभिनयमा डेब्यु गर्न लागेकी हुन् । मंगलबारबाट फिल्मको छायांकन सुरु हुनेछ ।

फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण २१, सोमवार

गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘मोदीबेनी’को जापान प्रदर्शन अधिकार बिक्री भएको छ । सुवास लामिछानेको नेतृत्वमा रहेको भिजोनिया कम्पनी लिमिटेडले फिल्मको जापान प्रदर्शन अधिकार खरिद गरेको हो । नेपालमा दर्शकबाट उत्कृष्ट प्रतिक्रिया मिलेका कारण जापान अधिकार बिक्री भएको सह-निर्माता हरि श्रेष्ठले बताए । अरु देशमा पनि कुरा भइरहेको उनको भनाई छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण २१, सोमवार

अभिनेता रमित ढुंगानाको निर्माण र निर्देशनमा बनेको फिल्म ‘नमेटिने घाउ’ आगामी भदौ ७ गतेबाट प्रदर्शनमा आउँदैछ । वर्तमान प्रधानमन्त्रीदेखि पूर्व प्रधानमन्त्रीसम्मको अभिनयका कारण चर्चामा रहेको फिल्मको सोमबार फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । एसिड पीडितको पीडाभाव दर्शाइएको पोस्टरमा प्रधानमन्त्री केपी शर्मा ओली औँला ठड्याउँदै चेतावनी शैलीमा प्रस्तुत छन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण २०, आईतवार

अभिनेता राजेश हमालले झन्डै ८ वर्षपछि फिल्ममा कमब्याक गर्ने भएका छन् । निर्देशक दीवाकर भट्टराईको अगामी फिल्म (नाम तय हुन बाँकी)बाट उनले कमब्याक गर्न लागेका हुन् । करिब एक महिना लामो छलफलपछि आइतबार निर्माण पक्ष र हमालबीच लिखित सम्झौता भएको हो । यसको जानकारी हमाल स्वयंले सामाजिक सञ्जालबाट गराएका छन् । फिल्म एक्सन प्रधान रहनेछ ।

फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण २०, आईतवार

केही वर्षदेखि नेपाली फिल्मको अन्तर्राष्ट्रिय वितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेन्मेन्टले फिल्म निर्माणमा पनि सक्रियता बढाएको छ । यो कम्पनीको पहिलो निर्मित फिल्म ‘अगस्त्यः च्याप्टर वान’ थियो । यसपछि ‘पूर्ण बहादुरको सारङ्गी’ निर्माण गर्‍यो, जसको गत साता मात्र छायांकन सकिएको छ । अब तेस्रो फिल्मको रुपमा सेभेन सिजले ‘रोल नम्बर एक’ निर्माण गर्ने भएको छ ।

एजेन्सी, काठमाडौं, २०८१ श्रावण २०, आईतवार

अभिनेता अजय देवगनका लागि यस वर्षको सुरुवात अप्रत्याशित रह्यो । गत मार्चमा आएको फिल्म ‘शैतान’ले बक्स अफिसमा डेढ सय करोडको आँकडा नघाएको थियो । यसपछि भने उनका फिल्म लगातार बक्स अफिसमा डुबिरहेका छन् । गत अप्रिलमा उनी अभिनीत फिल्म ‘मैदान’ रिलिज भएको थियो । साढे २ सय करोडमा बनेको फिल्मले भारतमा मुश्किलले ५० करोड कमाई गर्‍यो ।

Results : 1963 - 1968 of 23507