
बलिउड अभिनेत्री कंगना रनावतको फिल्मका लागि यस वर्ष (२०२३) निराशाजनक रहन पुग्यो । उनले ठूलो आशा गरेको फिल्म ‘तेजस’ डिजास्टर सावित भयो । त्यसो त सन् २०१५ यता उनका कुनै फिल्म सफल भएका छैनन् । बरु उनी आफ्ना अभिव्यक्तिका कारण प्रायः विवादमा तानिरहेकी हुन्छिन् । श्रृंखलाबद्ध विवादकै कारण उनको स्टारडम कमजोर बनिरहेको विश्लेषण हुने गर्छ ।

निश्चल बस्नेतले ६ वर्षपछि निर्देशनमा कमब्याक गरेको फिल्म ‘दिमाग खराब’ले तिहारको छेको पारेर कात्तिक २४ गतेबाट प्रदर्शन थालेको थियो । प्रदर्शनको दुई दिन फिल्मको व्यापार दयनीय रह्यो । यसले फिल्मको ओभरसिज मार्केट पनि विथोल्ने देखिएको थियो । तर, तिहार विदामा फिल्मले व्यापार बढाउनुका साथै अब्बल ‘वर्ड अफ माउथ’ पाएपछि विदेशमा एकाएक माग चर्कियो ।

नेपाली कलाकारहरु एकआपसमा मिलेर काम गर्दैनन् भन्ने भाष्यलाई तोड्दै फिल्म ‘पूजार सार्की’मा अहिलेका तीन स्टार नायकहरु आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले पहिलोपटक एकसाथ काम गर्दैछन् । सम्भवतः एक दशकपछि चलेका नायकहरुबीच यसप्रकारको समीकरण भएको हो । यसले फिल्म क्षेत्रलाई नै सन्देश दिएको छ । यो फिल्मलाई दिनेश राउतले निर्देशन गर्दैछन् ।

नेपाली फिल्म क्षेत्रमा सबैभन्दा बढी सम्बन्ध विग्रिएको अभिनेताको रुपमा प्रदीप खड्कालाई लिइन्छ । ‘प्रेमगीत’पछि सुदर्शन थापा र पूजा शर्मासँग, ‘लिलिबिली’पछि निर्देशक मिलन चाम्ससँग र ‘रोज’पछि निर्देशक निरक पौडेलसँग उनको सम्बन्ध चिसियो । भुवन केसी र अनमोल केसीसँग पनि वार छ । फिल्ममा राजनीति बढी गर्ने भएकाले प्रदीपको मेकरसँग सम्बन्ध विग्रने गरेको बताइन्छ ।

घनश्याम लामिछानेको निर्देशनमा बनेको फिल्म ‘चित्रा’को टिजर सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको १ मिनेट २४ सेकेण्डको टिजर बाबु-छोरीको भावनात्मक सम्बन्धको वरिपरि घुमेको छ । एक्सनलाई पनि प्राथमिकता दिइएको टिजरले फिल्म बदलाको कथामा आधारित रहेको संकेत गर्छ । एक्सन कोरियोग्राफी टिजरमा आकर्षक छ ।

दिनेश राउतको निर्देशनमा बन्न लागेको फिल्म ‘पूजार सार्की’मा दुईजना अभिनेत्रीको प्रवेश भएको छ । फिल्म ‘महापुरुष’बाट डेब्यू गरेकी अञ्जना बराइली र ‘जारी’, ‘छक्का पञ्जा ४’ जस्ता फिल्ममा काम गरिसकेकी परीक्षा लिम्बु फिल्मको मुख्य भूमिकामा निश्चित भएका हुन् । दुई हप्ताअघि निर्माण टिमले अभिनेत्रीका लागि अडिसन आह्वान गरेको थियो । दुवैलाई अडिसनबाटै छानिएको हो ।
- फेरि ‘दान्भी’ निर्देशकको एक्सन फिल्ममा देखिँदै पूजा
- नेपाली र हिन्दी भाषामा रिलिज हुने ‘अभिमन्यु’ २५ दिनमा प्याकअप
- ‘यो मन त मेरो नेपाली हो’को खैँजडी गीत रिलिज
- ‘झिल्को’ टिमसँग वर्षा असन्तुष्ट, लेख्छिन्, ‘कलाकार मात्रैले केही गर्न सक्दैन’
- ‘महाभोज’को ‘लालुमै’ गीतः मलिकाको बिहेमा दयाहाङदेखि निश्चलसम्मको नृत्य