मिति : २०८२ वैशाख २३, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1957 - 1962 of 22577
एजेन्सी, मुम्बई, २०८० पौष ५, बिहिवार

बलिउड सुपरस्टार सलमान खानका भाई तथा अभिनेता अरबाज खानले दोस्रो विवाह गर्ने भएका छन् । ‘बलिउड डिभा’ मलाइका अरोरासँग वैवाहिक सम्बन्ध टुंगिएको ७ वर्षपछि उनले प्रेमिका सौरा खानसँग विवाह गर्न लागेका हुन् । उनले यही डिसेम्बर २४ मा विवाह गर्न लागेको भारतीय मिडियाले उल्लेख गरेका छन् । मलाइकासँग अरबाज सन् २०१६ मा कानुनी रुपमा अलगिएका थिए ।

फिल्मीखबर, काठमाडौं, २०८० पौष ५, बिहिवार

यस वर्षको दशैं र तिहारमा ठूला बलिउड तथा साउथ फिल्मका बावजूद नेपाली फिल्मले हलमा आफ्नो पकड बनाएका थिए । तर, यतिबेलाको परिदृश्य अलग छ । नेपाली हल नै नेपाली फिल्म विहीन छन् । एक महिनापछि गत शुक्रबार प्रदर्शनमा आएका दुई नेपाली फिल्म ‘दुई कदम’ र ‘जम्प’ले पहिलो दिन नै दम तोडेपछि अहिले नेपालका हलमा विदेशी फिल्मको दबदबा देखिएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८० पौष ४, बुधवार

दीपक श्रेष्ठद्वारा निर्देशित २७औं फिल्म ‘पर्खि बसें तिमीलाई’को कथासार बुझाउने दुईवटा पोस्टर सार्वजनिक गरिएको छ । एउटा पोस्टरमा अभिनेता शिव श्रेष्ठसहितका कलाकारहरु गम्भीर र भावुक मुद्रामा प्रस्तुत छन् भने अर्को पोस्टरमा डेब्यू अभिनेता किरण श्रेष्ठ र अभिनेत्री रक्षा बुढाथोकी रोमान्टिक देखिएका छन् । प्रेमले निम्त्याउने परिस्थितिमा फिल्म केन्द्रित रहेको पोस्टरले बुझाउँछ ।

फिल्मीखबर, काठमाडौं, २०८० पौष ४, बुधवार

नेपाली फिल्ममा गर्विलो नाम बनाएका राजेश हमालले तीन दशक लामो करिअरमा २ सय बढी फिल्म र दुईवटा नाटकमा अभिनय गरेका छन् । तर, उनलाई सन्तुष्टि भने फिल्मभन्दा बढी नाटकले दिएको छ । उनले करिअरको सुरुवातताका विश्वप्रख्यात कवि विलियम शेक्सपियरको एक नाटकमा अभिनय गरेका थिए भने करिब १० वर्षअघि ‘कोर्ट मार्सल’ भन्ने नाटकमा काम गरेका थिए ।

फिल्मीखबर, काठमाडौं, २०८० पौष ४, बुधवार

सर्लाहीस्थित बागमती नगरपालिकाका मेयर तथा माओवादी नेता भरत कुमार थापाको जीवनबाट प्रभावित भएर बन्न लागेको फिल्म ‘मेयर’मा अभिनेता खगेन्द्र लामिछाने मुख्य भूमिकामा अनुबन्धित भएका छन् । अब फिल्ममा उनले मेयर थापाको भूमिका निर्वाह गर्नेछन् । निर्देशक दीपेन्द्र के. खनालले बुधबार दिउँसो फेसबुकमार्फत् फिल्ममा खगेन्द्रको प्रवेश भएको जानकारी गराएका हुन् ।

फिल्मीखबर, काठमाडौं, २०८० पौष ४, बुधवार

यो उडन्ते चर्चा होइन । अभिनेत्री विपना थापाका श्रीमान् आशुतोष भारद्वाजले नै डिभोर्स भएको उल्लेख गरेका हुन् । उनले बुधबार बिहान साढे ११ बजे फेसबुकमा स्टाटस लेख्दै विपनासँग आफ्नो डिभोर्स भएको बताएका थिए । तर, करिब १५ मिनेटपछि उनले उक्त स्टाटस हटाए । उनले विपनाको एक तस्वीर पोस्ट गर्दै हिन्दीमा लेखेका थिए, ‘मेरा और विपना थापाका तलाक हो चूका हे ।’

Results : 1957 - 1962 of 22577
Most Visited News (monthly)