Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1951 - 1956 of 23507
फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण २५, शुक्रवार

कुनै बेला महिलाप्रधान फिल्म विरलै बन्थे । अभिनेत्रीलाई केन्द्रमा राखेर फिल्म बनाए सफल नै हुँदैन भन्ने भाष्य बनेको थियो । तर, यतिबेला सिनारियो अलग छ । केही वर्षयता महिला केन्द्रित फिल्मले बक्स अफिसमा चमत्कारी व्यापार गरिरहेका छन् । चाहे त्यो ‘झिँगेदाउ’ होस् अथवा ‘बोक्सीको घर’ । यसैले यतिबेला महिलाको कथामा आधारित फिल्महरु श्रृंखलाबद्ध रुपमा आइरहेका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण २५, शुक्रवार

वर्षातका बावजूद पनि साउन महिनामा फिल्मको खडेरी देखिएको छैन । हरेक हप्ता फिल्म रिलिज भैरहेका छन् । तर, व्यापारमा भने खडेरी नै देखिन्छ । साउन पहिलो र दोस्रो हप्ता आएका फिल्म (ईश्वर र मोदीबेनी)ले पोस्टर छपाईको पनि पैसा उठाएनन् । अब साउनका लागि तेस्रो फिल्मको रुपमा ‘नम्बरी सुन’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । यो फिल्मले सोलो रिलिज पाएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण २४, बिहिवार

गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘मोदीबेनी’का कलाकार, निर्देशक र निर्माताको टिमले तालनगरी पोखरा पुगेर दर्शकसँग साक्षात्कार गरेको छ । पोखराका केही हलहरूमा दर्शकको चाप देखिएपछि फिल्मको टिम पोखरा पुगेको हो । बुधवार पोखराको ट्रेड मलमा रहेको क्यूएफएक्स हल र सभागृह चोकमा अवस्थित मिडटाउन हलमा फिल्मको शोजमा उच्च अकुपेन्सी रहेको थियो ।

फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण २४, बिहिवार

कुनै समय हिरो भएर सरोज खनालले थुप्रै फिल्ममा काम गरे । तर, यतिबेला फिल्ममा उनको चरित्र बदलिएको छ । अमेरिकाबाट फर्किएपछि उनले चरित्र अभिनेताको रुपमा काम गर्दै आएका छन् । केही फिल्ममा त उनको भूमिका पनि एउटै छ । ‘पञ्चायत’ र ‘मोदीबेनी’मा मुखियाको भूमिकामा थिए । भोलि शुक्रबारबाट आउन लागेको फिल्म ‘नम्बरी सुन’मा पनि उनी मुखिया बनेका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण २४, बिहिवार

प्रधानमन्त्री केपी शर्मा ओलीले अभिनय रहेको फिल्म ‘नमेटिने घाउ’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक २ मिनेट २४ सेकेण्ड लम्बाईको ट्रेलरमा एसिड आक्रमणका पीडितको पीडा र संघर्षलाई मर्मस्पर्शी रुपमा देखाइएको छ । नेपालमा एसिड बिक्री-वितरण गर्न प्रतिबन्ध लगाउनुपर्ने आवाज पनि फिल्मले सशक्त रुपमा उठाएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण २४, बिहिवार

सुपरस्टार राजेश हमालको ‘कमब्याक’ फिल्मको शीर्षक घोषणा गरिएको छ । बिहीबार एक थिम पोस्टरमार्फत् शीर्षक सार्वजनिक गरिएको हो । फिल्मको नाम ‘नरसिंहाः अवतार’ राखिएको छ । शीर्षकले नै फिल्म एक्सन प्रधान रहने बुझाउँछ । पोस्टरको एउटा भागमा निलो (समुद्रको रङ) र अर्कोतर्फ आगोको ज्वाला देख्न सकिन्छ । यसले फिल्मको कथा युद्ध र शान्तिको हुने संकेत गर्छ ।

Results : 1951 - 1956 of 23507