Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1945 - 1950 of 23507
फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण २६, शनिवार

संविधान दिवसको विदा पारेर आगामी असोज ३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘खुस्मा’को टिजर सार्वजनिक गरिएको छ । शनिबार युट्युबमार्फत् सार्वजनिक टिजरले फिल्मका शीर्ष अभिनेता धीरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीबीचको प्रेम र समर्पणलाई दर्शाएको छ । माओवादी सशस्त्र विद्रोहले गाउँमा पारेको प्रभावलाई पनि टिजरको अन्तिममा देखाउन खोजिएको छ ।

फिल्मीखबर डटकम, काठमाडौं, २०८१ श्रावण २५, शुक्रवार
महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित नेपाली फिल्म 'अञ्जिला'को रिलिज मिति सारिएको छ। माघ ११ गते प्रदर्शनमा ल्याउने योजना गरिएको यो फिल्म अब फागुन २९ गतेदेखि सिनेमाघरमा आउनेछ।
फिल्मीखबर डटकम, काठमाडौं, २०८१ श्रावण २५, शुक्रवार
संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म 'ह्रस्व दीर्घ'को पहिलो गीत सार्वजनिक गरिएको छ। नाग पञ्चमीको अवसरमा सार्वजनिक भएको ‘उठेर नाचिस्यो, बसेर नाचिस्यो’ बोलको गीतमा नायिका निता ढुंगाना र नायक हरिहर अधिकारी फिचर्ड छन्। गीतले दर्शकहरूलाई उत्साहित बनाएको छ।
फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण २५, शुक्रवार
नेपाली फिल्म 'रावायण'को दोस्रो पोस्टर सार्वजनिक भएको छ। आगामी भदौ २१ गतेदेखि प्रदर्शनमा आउन लागेको यस फिल्ममा नायक पल शाह र नायिका पूजा शर्मा प्रमुख भूमिकामा देखिएका छन्। पोस्टरमा पल शाहलाई गम्भीर भावमा प्रस्तुत गरिएको छ, भने पूजा शर्मा आक्रोशित मुद्रामा देखिएकी छन्, जसले फिल्मको कथावस्तुलाई सङ्केत गर्दछ।
फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण २५, शुक्रवार

मल्टीस्टारर फिल्म ‘के घर के डेराः घर नम्बर २’को छायांकन सुरु गरिएको छ । नाग पञ्चमीको अवसर पारेर शुक्रबार ललितपुरको भैसेँपाटीस्थित कार्यविनायक मन्दिरमा मुहूर्त गरेपश्चात् गोदाबरीबाट छायांकन थालिएको हो । पहिलो दिन अभिनेता आर्यन सिग्देल र अभिनेत्री केकी अधिकारीको दृश्यको छायांकन गरिएको छ । उनीहरुको लगभग एक दशकपछि फिल्ममा सहकार्य भएको हो ।

फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण २५, शुक्रवार

नेपालमा प्रदर्शनपचात् फिल्म ‘घरज्वाइँ’ले विदेशको फन्को लगाउन सुरु गरिसकेको छ । अमेरिका, डेनमार्क जस्ता देशपछि अब जापानमा फिल्मलाई प्रदर्शन गरिने भएको छ । आगामी आइतबार (अगस्ट ११) जापानको राजधानी टोकियोमा फिल्मको पहिलो प्रदर्शन हुन लागेको निर्माता जनक घर्ती मगरले जानकारी दिए । जापानभरि नेपाल मगर संघ जापानले फिल्मलाई प्रदर्शन गर्नेछ ।

Results : 1945 - 1950 of 23507