मिति : २०८२ ज्येष्ठ १७, शनिवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1945 - 1950 of 22651
फिल्मीखबर, काठमाडौं, २०८० पौष २६, बिहिवार

नेपाली फिल्ममा थिएटर र फिल्म स्कूलमा पढेर आएकाहरुको उपस्थिति दिनानुदिन बढ्दो क्रममा छ । कोही अभिनयमा सक्रिय छन् त कोही निर्देशन र अन्य विधामा अगाडि बढेका छन् । समग्रमा प्रायःले आफ्नो रुचिको विधामा सम्भावना देखाएका छन् । त्यसमध्ये एक हुन्, सिम्रन खड्का । उनी कान्तिपुर फिल्म एकेडेमीकी पूर्वविद्यार्थी हुन् । यतिबेला फिल्म बजारमा उनको चर्चा छ ।

फिल्मीखबर, काठमाडौं, २०८० पौष २५, बुधवार

फिल्म निर्देशनमा कलाकारहरुको आकर्षण बढ्दो छ । अभिनयको अनुभवलाई सर्टिफिकेट मानेर कलाकारहरु श्रृंखलाबद्ध रुपमा निर्देशनमा आइरहेका छन् । नीर शाह, रमेश बुढाथोकी, भुवन केसी, रेखा थापा, निखिल उप्रेती, विराज भट्ट आदि कलाकारहरुले निर्देशन फाँटमा पनि आफ्नो उपस्थिति जनाइसकेका छन् । अब फिल्म निर्देशन गर्ने पालो अभिनेता रमित ढुंगानाको आएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८० पौष २५, बुधवार

राजु गिरीको निर्देशनमा बन्न लागेको फिल्म ‘ईश्वर’मा अभिनेता पृथ्वीराज प्रसाईं मुख्य भूमिकामा अनुबन्धित भएका छन् । ‘मंगलम’, ‘वीराङ्गना’, ‘डोली’ आदि फिल्ममा काम गरिसकेका उनले ५ वर्षपछि कमब्याक गर्न लागेका हुन् । फिल्ममा अभिनेता सुनिल थापा पनि अनुबन्ध भइसकेका छन् । लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा बन्न लागेको फिल्म आगामी माघ २८ गतेबाट छायांकनमा जानेछ ।

फिल्मीखबर, काठमाडौं, २०८० पौष २५, बुधवार

नविन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’ युरोप (स्वीडेन)को ४७औं ‘गोटेबर्ग अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’मा छनोट भएको छ । यही जनवरी २६ देखि फेब्रुअरी ४ तारिखसम्म चल्ने महोत्सवमा फिल्मको युरोपियन प्रिमियर हुने जनाइएको छ । यसअघि यो फिल्म टोरन्टो फिल्म फेस्टिभल, बुसान फिल्म फेस्टिभल तथा मुम्बई फिल्म फेस्टिभलमा समेत छनोट भएर प्रदर्शन भैसकेको छ ।

फिल्मीखबर, काठमाडौं, २०८० पौष २५, बुधवार

अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहने फिल्म ‘एक्टर’मा कलाकारको लाइनअप बलियो बन्ने देखिएको छ । आगामी वर्षको जेठदेखि छायांकन सुरु गर्न लागिएको फिल्ममा प्रदीपपछि अभिनेत्री आना शर्मा भित्रिएकी छन् । उनीसँग निर्माण टिमले यसै साता कागजी सम्झौता गरेको स्रोतले जानकारी गराएको छ । अब पहिलोपटक प्रदीप र आना फिल्ममा जोडीको रुपमा प्रस्तुत हुनेछन् ।

फिल्मीखबर, काठमाडौं, २०८० पौष २४, मंगलवार

आगामी माघ ११ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनमा नेपाली फिल्म क्षेत्रको प्रतिनिधित्व गर्दै ‘कुशुमे रुमाल’का निर्माता उद्धव पौडेलले कोशी प्रदेशबाट उम्मेदवारी दिएका छन् । उनी राप्रपाबाट उम्मेदवार बनेका हुन् । अब उनको गठबन्धनका उम्मेदवार कृष्ण सिटौला र एमालेका पर्शुराम अधिकारीसँग प्रतिस्पर्धा हुनेछ । उनी चाबहिलमा रहेको गोपीकृष्ण हलका मालिक समेत हुन् ।

Results : 1945 - 1950 of 22651