
अभिनेता दीलिप रायमाझीलाई पितृशोक परेको छ । उनका बुबा आनन्द कुमार रायमाझीको ७८ वर्षको उमेरमा शुक्रबार साँझ कीर्तिपुर अस्पतालमा निधन भएको हो । उनी लामो समयदेखि विभिन्न स्वास्थ्य समस्यासँग जुधिरहेका थिए ।

अनमोल केसी, सलोन बस्नेत, गौरव पहारी, सुशील श्रेष्ठ, स्वस्तिमा खड्का, नाजिर हुसेन, प्रकृति श्रेष्ठ जस्ता कलाकारलाई डेब्युको अवसर दिएको ‘होस्टेल’ फ्रेन्चाइजको तेस्रो श्रृंखलाको रुपमा निर्माण भएको फिल्म ‘होस्टेल ३’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक ३ मिनेट लम्बाईको ट्रेलरले फिल्मको कथावस्तुबारे जानकारी गराउँछ ।

आगामी चैत ८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘११:५५’ (डु नट ट्रस्ट एनिवन)को पहिलो गीत ‘रोक्ने छैन’ सार्वजनिक गरिएको छ । गीतमा अल्मोडा राणा उप्रेतीको शब्द, संगीत र स्वर छ । गायनमा अल्मोडालाई सुमन परियारले साथ दिएकी छन् ।

‘दर्पण छायाँ’ फेम्ड अभिनेता उत्तम प्रधान आफ्नो कमब्याक फिल्म ‘कल्ली’को छायांकनका लागि काठमाडौं आइपुगेका छन् । परिवारसहित भारतको सिक्किममा बस्दै आएका उनी बिहीबार बिहान काठमाडौं ओर्लिएका हुन् । उनलाई फिल्मका प्रस्तुतकर्ता किरण नेपालीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए । फिल्मको छायांकनका लागि उत्तम ३५ दिनसम्म नेपालमा रहनेछन् ।

‘बुलबुल’ फेम्ड निर्देशक विनोद पौडेलको दोस्रो फिल्म ‘भूठान : घर हराएको मान्छे’को टिजर सार्वजनिक गरिएको छ । करिब २ मिनेट लामो टिजरले फिल्मको कथावस्तुबारे प्रकाश पार्छ । अभिनेता हरिवंश आचार्यमा केन्द्रित रहेको टिजरले आफनो देश भुटान फर्कन खोजेको एक पात्रको कथा भन्छ । हरिवंश भुटानी आप्रवासीको भूमिकामा प्रस्तुत छन् । उनको अभिनय सशक्त देखिन्छ ।

अत्याधिक हिंसात्मक दृश्य रहेको भन्दै सेन्सरमा समेत रोकिएको फिल्म ‘ताण्डवम्’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । निर्माताले १० मिनेट लामो दृश्य काटेपछि बिहीबार केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले पिजी सर्टिफिकेट प्रदान गर्दै फिल्मलाई प्रदर्शन अनुमति दिएको थियो । यो फिल्म १६ वर्षभन्दा मुनिका बालबालिकाले अभिभावकको साथमा मात्र हेर्न पाउनेछन् ।

