मिति : २०८२ वैशाख २३, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1933 - 1938 of 22575
फिल्मीखबर, काठमाडौं, २०८० पौष ११, बुधवार

सुपरस्टारद्वय दयाहाङ राई र आर्यन सिग्देलले तेस्रोपटक एकसाथ काम गर्न लागेको फिल्म ‘गाउँ नै रमाइलो’लाई आगामी वर्षको दशैंको फूलपातीमा प्रदर्शन गरिने भएको छ । मंगलबार निर्माता हिमाल कडरियाले आरआर फिल्म्ससँग फिल्म वितरणसम्बन्धी सम्झौता गरेपछि आगामी दशैंलाई प्रदर्शन मिति घोषणा गरेका हुन् । फिल्मलाई दिनेश राउतले निर्देशन गर्ने निश्चित भैसकेको छ ।

फिल्मीखबर, काठमाडौं, २०८० पौष १०, मंगलवार

अभिनेता प्रमोद अग्रहरी अभिनयमा पारंगत मानिन्छन् । हरेक प्रकारको चरित्रमा जीवन्त बाँच्न सक्ने खुबी भएका उनका लागि यो पुष महिना विशेष छ । किनकि, यही पुष २७ गतेदेखि उनको मुख्य भूमिका रहेको फिल्म ‘चित्रा’ प्रदर्शनमा आउँदैछ भने करिब ४ वर्षपछि उनले ‘पगला घोडा’मार्फत् रंगमञ्चमा पुनरागमन गरेका छन् । यो नाटक पुष १२ गतेदेखि मण्डला थिएटरमा मञ्चन हुँदैछ ।

फिल्मीखबर, काठमाडौं, २०८० पौष १०, मंगलवार

८० को दशकमा बलिउड फिल्ममा नकारात्मक चरित्रमा रुचाइएका अभिनेता दलिप ताहिल पहिलोपटक नेपाल आइपुगेका छन् । उनले सोमबार इन्स्टाग्राम स्टोरीमा त्रिभुवन विमानस्थलबाहिर माला र खादा लगाएर खिचेको एक तस्वीर राख्दै क्याप्सनमा लेखेका छन्, ‘नेपाल तिमी प्यारो छौ ।’ काठमाडौं ओर्लिएपछि ताहिलले आरामदायी मौसमले माग गर्‍यो भन्दै मःमको स्वाद लिएका थिए ।

फिल्मीखबर, काठमाडौं, २०८० पौष १०, मंगलवार

केही वर्षदेखि नेपाली फिल्मलाई हलको व्यापारमा मात्र सीमित हुनुपर्ने अवस्था छैन । ओभरसिज मार्केट आम्दानीको बलियो स्रोत बनिरहेको छ । ठूला स्टारका फिल्म प्रदर्शनभन्दा अगावै विदेशमा महंगोमा बिक्री हुने गरेका छन् भने सफल फिल्मका सिक्वेल र सिरिजको त विदेश राइट्सबाटै लगभग लगानी उठ्छ । एकहिसाबले यतिबेला नेपाली फिल्म ओभरसिज मार्केटले नै धानेको छ ।

फिल्मीखबर, काठमाडौं, २०८० पौष १०, मंगलवार

नेपालमा नाटकलाई स्थापित गर्न सुनिल पोखरेलको ठूलो योगदान मानिन्छ । कुनै समय उनले चलाएको ‘आरोहण गुरुकुल’ नाटक र कलाकार जन्माउने थलो थियो । उनको पदचाप पछ्याउनेहरु अहिले फिल्मदेखि थिएटरसम्म भरिभराउ छन् । दयाहाङ राई, खगेन्द्र लामिछाने, विपिन कार्की, सौगात मल्ल, कार्म जस्ता धेरै कलाकारहरुले उनलाई गुरुको रुपमा आदर र सम्मान गर्ने गर्छन् ।

फिल्मीखबर, काठमाडौं, २०८० पौष १०, मंगलवार

अभिनयमा प्रमाणित अभिनेत्री सुरक्षा पन्तले फिचर फिल्म, सर्ट फिल्म र म्यूजिक भिडियो हुँदै अब ओटीटी वेब सिरिजमा डेब्यू गर्ने भएकी छन् । उनले मुख्य भूमिकामा अभिनय गर्न लागेको सिरिज ‘खेल’को सोमबार कमलादीस्थित गणेश मन्दिरमा शुभ मुहूर्त गरियो । बलिउडका दर्जनौं फिल्ममा सह-निर्देशकको रुपमा अनुभव बटुलिसकेका अनुराग प्रधानले सिरिजको निर्देशन गर्नेछन् ।

Results : 1933 - 1938 of 22575
Most Visited News (monthly)