मिति : २०८२ वैशाख २३, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1921 - 1926 of 22575
फिल्मीखबर, काठमाडौं, २०८० पौष १३, शुक्रवार
फिल्मीखबर, काठमाडौं, २०८० पौष १३, शुक्रवार

आगामी माघ २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘हात्तीछाप’को पहिलो रोमान्टिक गीत सार्वजनिक गरिएको छ । ‘मायालु’ बोलको गीतमा फिल्मका अभिनेता दयाहाङ र अभिनेत्री उपासना सिंह ठकुरीबीचको प्रेम दर्शाइएको छ । उनीहरुको केमेस्ट्री रोचक देखिन्छ । गीतमा हर्क साउदको शब्द रचना, प्रताप दास र ममता गुरुङको स्वर र उज्ज्वल सागरको संगीत छ ।

फिल्मीखबर, काठमाडौं, २०८० पौष १२, बिहिवार

९६औँ एकेडेमी अवार्ड (ओस्कार)मा नेपालबाट सिफारिस भएको फिल्म ‘हल्कारा’ विश्वकै प्रख्यात ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा बुधबार रिलिज भएको छ । यो प्लेटफर्ममा फिल्मलाई रेन्ट (१० डलर) र बाइ (१५ डलर) सुविधाअन्तर्गत विश्वभरबाट हेर्न सकिनेछ । यस वर्ष नेपालमा प्रदर्शनमा आएको फिल्मले कमजोर व्यापार गरेको भए पनि कथावाचन शैली रुचाइएको थियो ।

एजेन्सी, मुम्बई, २०८० पौष १२, बिहिवार

भारतीय बक्स अफिसमा यो साता सन् २०२३ कै सबैभन्दा बढी भिडन्त भयो । बलिउड सुपरस्टार शाहरुख खान अभिनीत फिल्म ‘डंकी’ र साउथ सुपरस्टार प्रभास अभिनीत फिल्म ‘सलार’ एक दिनको अन्तरमा रिलिज भएका थिए । व्यापारिक हिसाबले ‘सलार’ अगाडि देखिएको छ । तथापि, ‘डंकी’ पनि बक्स अफिसमा कमजोर छैन । तर, दुवै फिल्मलाई भिडन्त भारी परेको प्रष्ट देखिन्छ ।

फिल्मीखबर, काठमाडौं, २०८० पौष १२, बिहिवार

आगामी फागुन २५ गतेबाट प्रदर्शन हुन लागेको ज्ञानेन्द्र देउजाद्वारा निर्देशित फिल्म ‘उपहार’को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘मुटुको ४ आना’ बोलको लोक शैलीको गीतमा समीक्षा अधिकारी र महेन्द्र बिकेको स्वर, अर्जुन पोखरेलको संगीत तथा मुक्त उदासको शब्द रचना रहेको छ । गीतमा फिल्मका तीन अभिनेत्रीहरु रेखा थापा, पूजा शर्मा र बेनिशा हमाल नृत्य गर्दै प्रस्तुत छन् ।

फिल्मीखबर, काठमाडौं, २०८० पौष १२, बिहिवार

नेपाली फिल्म क्षेत्रमा केही निर्देशकले एउटै कलाकारलाई काखी च्यापेका धेरै उदाहरण छन् । नामै लिने हो भने रामबाबु गुरुङ र दयाहाङ राई, सन्तोष सेन र प्रदीप खड्का, सुदर्शन थापा र पूजा शर्मा, दीपेन्द्र के. खनाल र खगेन्द्र लामिछाने आदि पर्छन् । यो सूचीमा निर्देशक दिनेश राउतको नाम पनि छुट्दैन । कुनै बेला उनका फिल्ममा आर्यन सिग्देल र नम्रता श्रेष्ठ निर्विकल्पझैं मानिन्थे ।

Results : 1921 - 1926 of 22575