मिति : २०८२ वैशाख २३, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1915 - 1920 of 22575
फिल्मीखबर, काठमाडौं, २०८० पौष १४, शनिवार

फिल्मसँग टाढिनु कलाकारहरुको आ-आफ्नै कथा हुन्छन् । कसैलाई व्यक्तिगत जीवनले फिल्मबाट टाढा राख्छ । कोही फिल्मको श्रृंखलाबद्ध असफलताले स्वतः किनारा लाग्छन् । तर, फिल्ममा राम्रो करिअर हुँदाहुँदै त्यसबाट टाढिएर बस्ने इच्छा कसलाई हुन्छ होला र ? यदि त्यो भए पनि कि स्वइच्छा कि बाध्यताले हुन्छ । अभिनेता सलिनमान बनियाँको हकमा भने स्वइच्छा बढी देखिन्छ ।

एजेन्सी, मुम्बई, २०८० पौष १४, शनिवार

बलिउडमा यतिबेला कुनै फिल्म चर्चामा छ भने त्यो ‘एनिमल’ हो । एकातिर फिल्मले विश्व बजारमा ‘रेकर्डब्रेक’ कलेक्सन गरेको छ भने अर्कोतिर केही दृश्य र संवादका कारण विवाद पनि उत्कर्षमा छ । रणवीर कपूर र बबी देओलका लागि यो फिल्म सञ्जीवनी बुटीसरह भएको छ । यही फिल्मबाट तृप्ति डिमरी रातारात स्टार बनेकी छन् । उनले यो फिल्मबाट पाएको चर्चा अद्भुत देखिन्छ ।

फिल्मीखबर, काठमाडौं, २०८० पौष १३, शुक्रवार

अभिनेता पल शाहको मुख्य भूमिका रहने फिल्म ‘मायाका रंगहरु’मा भोजपुरी अभिनेता कुन्दन भारद्वाजको प्रवेश भएको छ । केही दिनअघि पल र कुन्दन दुवैसँग निर्देशक तथा निर्माता केवल तामाङले एकसाथ सम्झौता गरेका हुन् । यसअघि नेपाली फिल्म ‘देव वाणी’मा मुख्य भूमिकामा काम गरिसकेका कुन्दनसँग भोजपुरी तथा बलिउड फिल्मसँगै सिरियलमा काम गरेको पनि अनुभव छ ।

फिल्मीखबर, काठमाडौं, २०८० पौष १३, शुक्रवार

बलिउड र साउथ फिल्ममा नकारात्मक भूमिकामा देखिँदै आएका अभिनेता प्रदीप रावत नेपाली फिल्म ‘ह्रस्व दीर्घ’मा काम गर्नका लागि काठमाडौं आइपुगेका छन् । उनी शुक्रबार इण्डिगो एयरलाइन्सको विमानमार्फत् काठमाडौं ओर्लिएका हुन् । उनी फिल्मको छायांकनका लागि चितवन पुगिसकेका छन् । पहिलोपटक नेपाली फिल्ममा काम गर्न लागेका उनको एक हप्ता छायांकन हुनेछ ।

फिल्मीखबर, काठमाडौं, २०८० पौष १३, शुक्रवार

‘प्रेम दिवस’ निर्माता सञ्जय न्यौपाने ‘रक्तबीज’बाट फिल्म निर्माणमा फर्किने भएका छन् । शुक्रबार एक थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो । निर्देशकको टुंगो लाग्न बाँकी रहेको फिल्मको मुख्य भूमिकामा सौगात मल्ल, विशाल खरेल र प्रमोद अग्रहरी अनुबन्ध भैसकेका छन् । निर्माता न्यौपानेले फिल्मको लेखकमा शुक्रबार प्रदीप भारद्वाजसँग सम्झौता गरेका छन् ।

Results : 1915 - 1920 of 22575