

अभिनेता विपिन कार्कीलाई मातृशोक परेको छ । उनकी आमा सरस्वती कार्कीको ७२ वर्षको उमेरमा बिहीबार बिहान पाटन अस्पतालमा उपचारको क्रममा निधन भएको हो । विभिन्न दीर्घरोगबाट पीडित रहेकी उनको ४ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

२०७४ सालमा प्रदर्शनमा आएको फिल्म ‘ऐश्वर्य’ले निर्देशनमा दीवाकर भट्टराई र खलपात्र (भिलेन)मा प्रशान्त ताम्राकारलाई स्थापित गरेको थियो । यसपछि उनीहरुबीच सहकार्य टुटेको छैन । ‘ऐश्वर्य’पछि दीवाकरले ‘क्याप्टेन’ र ‘मायावी’मा पनि प्रशान्तलाई खेलाए । अब चौंथोपटक उनीहरुको टिमअप भएको छ । दीवाकरको आगामी फिल्म ‘नरसिंहा अवतार’मा प्रशान्तले काम गर्न लागेका हुन् ।

अभिनेत्री मलिका महतलाई जुत्ताको माला र कालोमोलो दलेको अवस्थामा प्रस्तुत गर्दै पहिलो पोस्टर सार्वजनिक भएदेखि नै चर्चामा रहेको फिल्म ‘सतीदेवी’ कृष्ण जन्माष्टमीको अवसर पारेर यही शुक्रबार अर्थात् भदौको ७ गतेबाट प्रदर्शनमा आउँदैछ । प्रदर्शनपूर्व नै केही फेस्टिभलमा महत्त्वपूर्ण विधामा अवार्ड समेत जितिसकेको फिल्मले ट्रेलरबाट सशक्त दृश्यभाषाको संकेत गरिसकेको छ ।

पछिल्लो समय बलिउडमा ठूलो बजेटका र ठूला सुपरस्टारले खेलेका फिल्महरू बक्स अफिसमा लगातार नराम्ररी पिटिरहँदा सानो बजेटका फिल्महरूले व्यापारमा ‘सरप्राइज’ दिइरहेका छन् । यसको प्रष्ट सन्देश के हो भने अब फिल्म बजेट र ‘स्टार’को अनुहारले चल्दैन । ‘कन्टेन्ट’ नै सर्वैसर्वा हो । यतिबेला भारतीय बक्स अफिसमा फिल्म ‘स्त्री २’ले ल्याएको सुनामी पनि ‘कन्टेन्ट’को उपज हो ।

अभिनेताद्वय दयाहाङ राई र जितु नेपालले ‘वडा नम्बर ६’पछि दोस्रोपटक सहकार्य गरेको फिल्म ‘कार्साङ’को छायांकन सकाएका छन् । छायांकन सुरु गरिएको २२औं दिन (सोमबार)मा फिल्म ‘प्याकअप’ भएको हो । सिन्धुपाल्चोक जिल्लामा अवस्थित बाह्रबिसे नगरपालिका तथा भोटेकोसी गाउँपालिका आसपासमा फिल्म खिचिएको हो । छायांकनमा दुईवटा क्यामेरा प्रयोग गरिएको थियो ।

