
फिल्ममा कलाकारको लुक्स महत्त्वपूर्ण मानिन्छ । किनकि, लुक्सले पात्रको चरित्रलाई दर्शाउने काम गर्छ । यसैले कतिपय फिल्ममा कलाकारहरूलाई फरक चरित्रमा ढाल्न नक्कली दाह्री, जुँगा र कपालको प्रयोग गरिन्छ । यो विश्वमै हुन्छ । तर, यसको प्रयोग गर्दा नक्कली देखियो वा देखिएन भन्ने कुरा सबैभन्दा महत्त्वपूर्ण रहन्छ । अनुहारमा टाँसेको जस्तै देखियो भने त्यसको औचित्य रहँदैन ।

गत हप्ता प्रदर्शनमा आएको बलिउड फिल्म ‘स्त्री २’ले भारतमा त आक्रामक व्यापार गरेको छ नै, नेपालमा पनि कमजोर देखिएको छैन । देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले एक हप्ता पनि नवित्दै फिल्मलाई ‘सुपरहिट’ घोषणा गरिसकेको थियो । यसले पनि नेपालमा फिल्मको व्यापार कस्तो छ भन्ने देखाउँछ । फिल्मले नेपालका हलमा अझै केही दिन पकड कायम राख्ने निश्चित छ ।

यही भदौ १४ गतेदेखि प्रदर्शन हुन लागेको फिल्म ‘वर एन्ड वधु’को तेस्रो गीत सार्वजनिक गरिएको छ । ‘सिरी सिरी’ बोलको गीतमा अभिनेत्री आँचल शर्मा र नव-अभिनेता विवेक कर्माचार्य प्रस्तुत छ । गीतमा उनीहरुको नोकझोंक देखाइएको छ । सुगम पोखरेल र नेहा करोदेको स्वर रहेको गीतमा नरेश भट्टराईको शब्द रचना तथा युग भुसालको संगीत छ । यो गीत रोमानियामा खिचिएको हो ।

दशैंलाई लक्षित गर्दै आगामी असोज ११ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘आँखा’को टिजर सार्वजनिक गरिएको छ । बिहिबार युट्युबमार्फत् सार्वजनिक डेढ मिनेट लम्बाईको टिजरले फिल्मको कथावस्तुबारे जानकारी गराएको छ । काठमाडौंको बागमती नदी किनारको सुकुम्बासी बस्तीमा बस्दै आएका मानिसको कथालाई फिल्मले उठाएको छ । टिजर मर्मस्पर्शी बनेको छ ।

कुनै बेला नेपाली फिल्म ‘एक्सन युग’मा थियो । लगभग हरेक फिल्म नै एक्सन कथामा बन्दथे । तर, ‘लुट’ र ‘कबड्डी’ जस्ता फिल्मले परम्परागत कथ्य संरचनाको सिलसिला भत्काएपछि सामाजिक कथाको बाढी आयो । एक दशक यसैमा रुमलिएको नेपाली फिल्म अब फेरि एक्सनमै फर्किन थालेको देखिन्छ । अहिले एकपछि अर्को एक्सन फिल्म आइरहेका छन् । त्यसमध्ये एक हो, ‘रावायण’ ।

‘स्टार’ अभिनेता प्रदीप खड्काले कलाकारकै भूमिकामा अभिनय गरेको फिल्म ‘एक्टर’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । जसमा प्रदीप मात्र चित्रित छन् । तर, उनी पाँच फरक गेटअपमा प्रस्तुत छन् । कुनैमा उनी टाउको र हातमा ब्यान्डेज बाँधेर घाइते अवस्थामा देखिएका छन् भने कुनैमा विमान चालकको पोशाकमा छन् । जसले फिल्ममा प्रदीपको चरित्र बहुरुपी रहेको दर्शाउँछ ।

