मिति : २०८२ वैशाख २२, सोमवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1885 - 1890 of 22575
फिल्मीखबर, काठमाडौं, २०८० पौष २२, आईतवार

महाशिवरात्रीको दिन पारेर आगामी फागुन २५ गतेबाट फिल्म ‘रङ्गेली’ प्रदर्शनमा आउने तयारीमा छ । केही थान क्यारेक्टर पोस्टर सार्वजनिक गर्दै प्रचारलाई तीव्रता दिइरहँदा फिल्मको भने अझै केही प्रतिशत छायांकन गर्न बाँकी नै रहेको खुलेको छ । त्यसका लागि निर्माण टिमले अभिनेता सौगात मल्ललाई कुरिरहेको स्रोत बताउँछ । तर, उनको व्यस्तताका कारण छायांकन जुरेको छैन ।

फिल्मीखबर, काठमाडौं, २०८० पौष २२, आईतवार

अभिनेता तथा गायक यश कुमारले २०७८ सालमा आफ्नो निर्देशन रहने नयाँ फिल्म ‘ए मन सुटुक्क भन्’मा अभिनेता पल शाहलाई मुख्य भूमिकामा अनुबन्धित गरेका थिए । त्यसको केही समयपछि पल एक घटनाका कारण जेल जानु पर्‍यो । तर पनि यश उनकै पखाईमा थिए । एकपटक तनहुँ कारागारमा भएको भेटमा पलले यशलाई बाहिर आएपछि फिल्ममा काम गर्ने वचन दिएका थिए ।

फिल्मीखबर, काठमाडौं, २०८० पौष २२, आईतवार

भनिन्छ, ‘धेरै महत्त्वाकांक्षाले जति चाँडो उचाइँमा पुर्‍याउँछ, त्यही रफ्तारमा तल झार्छ ।’ यसको ज्वलन्त उदाहरण सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) हुन् । कलाकारितामा गर्विलो नाम बनाएका उनीहरु २०७२ सालमा भूकम्प गएपछि सामाजिक कार्यमा अग्रसर भए । र, चारवटा ठाउँमा एकिकृत बस्ती बसाले । त्यसबाट पाएको वाहवाहीले यो जोडीको महत्वाकांक्षा बढायो ।

फिल्मीखबर, काठमाडौं, २०८० पौष २२, आईतवार

अभिनेता प्रदीप खड्काको बहुभाषिक फिल्म ‘ऐरी’मा बलिउड कलाकारलाई पनि जोड्ने प्रयास भैरहेको छ । यसैक्रममा, बलिउड तथा भुटानी अभिनेता सांगे सेल्ट्रिम फिल्ममा मुख्य भूमिकामा देखिने भएका छन् । अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा प्रदीपसहितको टिमले उनीसँग मुम्बईमा भेटघाट गर्दै फिल्म अफर गरेको थियो । उक्त भेटमै सांगे फिल्मलाई लिएर सकारात्मक देखिएका थिए ।

एजेन्सी, मुम्बई, २०८० पौष २१, शनिवार

यतिबेला भारतसँगै नेपालमा फिल्म ‘टुवेल्थ फेल’को ठूलो चर्चा छ । विधु विनोद चोपडाको निर्देशन रहेको फिल्म ओटीटीमा रिलिज भएसँगै तारिफ मिलिरहेको छ । त्यसो त भारतीय बक्स अफिसमै ५० करोडमाथि कमाउँदै फिल्म ‘सुपरहिट’ सावित भएको थियो । एकातिर फिल्मको कन्टेन्टलाई लिएर चर्चा भइरहेको छ भने अर्कोतिर श्रद्धा पात्र अर्थात् मेधा शंकर ‘लाइमलाइट’मा आएकी छन् ।

फिल्मीखबर, काठमाडौं, २०८० पौष २१, शनिवार

अहिलेका ‘हटकेक जोडी’ दयाहाङ राई र मिरुना मगरबीच अब फिल्म ‘गाउँ नै रमाइलो’मा पनि सहकार्य हुने भएको छ । दिनेश राउतको निर्देशनमा बन्न लागेको फिल्मका लागि यसै साता मिरुनासँग सम्झौता गरिएको छ । दयाहाङ भने यसअघि नै अनुबन्धित भइसकेका छन् । फिल्ममा अभिनेता आर्यन सिग्देलको पनि मुख्य भूमिका रहनेछ । बुद्धि तामाङ पनि फिल्ममा जोडिएका छन् ।

Results : 1885 - 1890 of 22575