
अभिनेता सारुक ताम्राकारको निधनको एक वर्ष भइसकेको छ । २०८० असार २१ गते फिल्म ‘ह्यासट्याग माया’को छायांकन सकेर घर फर्किएपछि उनले सोही साँझ देहत्याग गरेका थिए । करिब डेढ महिनापछि उनका पिता तथा कलाकार सानु ताम्राकारको पनि उपचारको क्रममा भदौ ९ गते निधन भयो । बाबु-छोराको निधनले फिल्म क्षेत्र शोकमा डुबेको थियो । दुवै अभिनयमा उम्दा थिए ।

संसारका प्रतिष्ठित फेस्टिभलमा सहभागी भएको ‘हाइवे’ र ‘ह्वाइट सन’पछि दीपक रौनियारले निर्देशन गरेको नयाँ फिल्म ‘पूजा, सर’ (राजागंज)को टिजर सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक टिजरमा अपहरणमा परेका दुई बालकलाई मुक्त गर्न प्रहरीले चलाएको ‘सर्च अपरेसन’लाई देखाइएको छ । फिल्मले मधेशको कथा उठाएको छ । टिजरले सशक्त कथावाचनको छनक दिन्छ ।

आगामी असोज ३ गते (संविधान दिवस)लाई प्रदर्शन मिति घोषणा गर्दै टिजर समेत सार्वजनिक भइसकेको फिल्म ‘आउट लः दफा २१९’ पोस्टपोन्ड भएको छ । मंगलबार निर्माण पक्षले जारी गरेको एक विज्ञप्तिमा केही प्रतिशत छायांकन र प्राविधिक काम बाँकी नै रहेकाले रिलिज स्थगन गर्नुपरेको जनाइएको छ । छायांकन सकिएपछि नयाँ प्रदर्शन मिति घोषणा गरिने विज्ञप्तिमा उल्लेख छ ।

अभिनेताद्वय सौगात मल्ल र प्रदीप खड्काले पहिलो पटक सहकार्य गरेको फिल्म ‘पिताम्बर’को दोस्रो चरणको छायांकन थालिएको छ । सोमबार श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर क्यामेरा, स्क्रिप्ट र क्ल्याप बोर्ड पूजा गर्दै बालाजुस्थित एनएफडीसी स्टुडियोबाट छायांकन सुरु गरिएको हो । पहिलो चरणको छायांकन भने गत वर्षको फागुनतिर नवलपरासीमा करिब एक साता गरिएको थियो ।

गत जेठमा आएको ठूला ‘स्टार’का दुई फिल्म (पूजार सार्की र फर्की फर्की)को भिडन्तले ठूलै तरंग ल्याएको थियो । अब एकपटक फेरि दुई ‘स्टार’का फिल्म बक्स अफिसमा आमने-सामने हुने भएका छन् । ‘पूजार सार्की’मा एकसाथ काम गरेका प्रदीप खड्का र पल शाहको फिल्मबीच भिडन्त हुन लागेको हो । आगामी कात्तिक १५ गते (लक्ष्मीपूजा)मा उनीहरुका फिल्म भिड्न लागेका हुन् ।

छोरा र छोरीबीच गरिने विभेदको कथामा बनेको फिल्म ‘सतीदेवी’ले व्यापारमा सुधारको लागि संघर्ष गरिरहेको भए पनि प्रतिक्रिया राम्रो मिलेको छ । जो जतिले फिल्म हेरेका छन्, प्रशंसा नै गरेका छन् । विषयवस्तु र कलाकारको अभिनयले दर्शकलाई प्रभावित बनाएको देखिन्छ । सामाजिक सञ्जालमा फिल्मको प्रशंसा गर्दै स्टाटस लेख्नेदेखि भावुक हुँदै भिडियो बनाउने समेत देखिएका छन् ।

