Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1873 - 1878 of 23509
फिल्मीखबर, काठमाडौं, २०८१ भाद्र १३, बिहिवार

निर्देशक मिलन चाम्सले आफ्नो हरेक फिल्मको प्रिमियरमा तामझाम देखाउन कुनै कसर छाड्दैनन् । यसैले त फिल्मभन्दा उनको प्रिमियर गर्ने शैलीको बढी प्रशंसा हुन्छ । गत वर्ष आएको फिल्म ‘गोर्खा वारियर’को काठमाडौं प्रिमियरलाई उनले युद्धस्थल जसरी सिंगारेका थिए । यही शुक्रबार (भदौ १४ गते)देखि प्रदर्शन हुन लागेको ‘वर एन्ड वधु’को प्रिमियर पनि मिलनले फरक शैलीमा गरे ।

फिल्मीखबर, काठमाडौं, २०८१ भाद्र १२, बुधवार

टिजर, शीर्ष गीत र ट्रेलरपछि फिल्म ‘रावायण’को चर्चा चुलिएको छ । एक्सन दृश्यले फिल्मप्रति दर्शकमा हुटहुटी बढाएको देखिन्छ । कलाकारको ‘लाइनअप’ पनि बलियो भएकाले फिल्मले बक्स अफिसमा राम्रो व्यापार गर्न सक्ने धेरैको प्रक्षेपण छ । ‘रावायण’को व्यापारिक नतिजाले एक्सन फिल्मको भविष्य निर्धारण गर्ने विश्लेषण समेत भइरहेको छ । यसको अर्थ फिल्मप्रति अपेक्षा उच्च छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ भाद्र १२, बुधवार

बसन्त निरौलाको निर्देशनमा बनेको फिल्म ‘ज्वाइँ साब’को टिजर सार्वजनिक गरिएको छ । १ मिनेट ४१ सेकण्ड लम्बाईको टिजरले फिल्मको कथावस्तुबारे जानकारी गराउँछ । विवाहका लागि पात्रहरुले गरेको संघर्षलाई रोचक शैलीमा देखाइएको छ । टिजरको अन्तिममा अभिनेता जितु नेपाल र अभिनेत्री नीति शाह बेहुला-बेहुली बनेर देखिएका छन् । र, नीतिको घरमा जितु भित्रिएका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ भाद्र १२, बुधवार

गत असारमा आएको दक्षिण भारतीय फिल्म ‘कल्की’ले बक्स अफिसमा ठूलो कमाई गर्‍यो । नेपालमा समेत सुपरहिट भएको थियो । अब यही नाम अर्थात् कल्की बनेर नेपालका सुपरस्टार प्रदीप खड्का फिल्म ‘एक्लो’मा देखिने भएका छन् । बुधबार सार्वजनिक गरिएको एउटा क्यारेक्टर पोस्टरमा प्रदीपलाई कल्कीको रुपमा चित्रण गरिएको छ । उनको गेटअपले योद्धा चरित्रको संकेत गर्छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ भाद्र १२, बुधवार

निर्देशक मिलन चाम्सले बनाउने फिल्मको घोषणा होस् वा प्रिमियर, तामझाम गजब नै देखिन्छ । अघिल्लो वर्ष प्रदर्शन भएको उनी निर्देशित फिल्म ‘गोर्खा वारियर’को बेलायतदेखि नेपालसम्मको प्रिमियर उदाहरणीय थियो । अब यही शुक्रबार (भदौ १४ गते)बाट मिलनको अर्को फिल्म ‘वर एन्ड वधु’ प्रदर्शन हुँदैछ । यसको घोषणा कार्यक्रम नै भव्य थियो । अब प्रिमियर झनै विशेष बनाइँदैछ ।

फिल्मीखबर, काठमाडौं, २०८१ भाद्र १२, बुधवार

अभिनेता सारुक ताम्राकारको निधनको एक वर्ष भइसकेको छ । २०८० असार २१ गते फिल्म ‘ह्यासट्याग माया’को छायांकन सकेर घर फर्किएपछि उनले सोही साँझ देहत्याग गरेका थिए । करिब डेढ महिनापछि उनका पिता तथा कलाकार सानु ताम्राकारको पनि उपचारको क्रममा भदौ ९ गते निधन भयो । बाबु-छोराको निधनले फिल्म क्षेत्र शोकमा डुबेको थियो । दुवै अभिनयमा उम्दा थिए ।

Results : 1873 - 1878 of 23509