Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1873 - 1878 of 24233
फिल्मीखबर, काठमाडौं, 2025-03-10, सोमवार

युवापुस्तामा रुचाइएका चर्चित अभिनेता प्रदीप खड्का सोमबार आफ्नो ३३औं जन्मदिन मनाउँदैछन् । २०४८ सालमा ललितपुरको कुसुन्तीमा जन्मिएका उनको जन्मदिनको अवसर पारेर फिल्म ‘पिताम्बर’को टिमले उनलाई ‘सुपरस्टार’को ट्याग दिँदै नयाँ टिजर सार्वजनिक गरेको छ । झन्डै एक मिनेट लामो टिजरमा उनको दृश्यलाई मात्र स्थान दिइएको छ । र, प्रायः दृश्य काटमारका छन् ।

फिल्मीखबर, काठमाडौं, 2025-03-09, आईतवार

आगामी बैशाख १२ गते प्रदर्शनमा आउन लागेको फिल्म ‘खेल’को शीर्ष गीत सार्वजनिक गरिएको छ । र्‍याप मिश्रित गीतमा स्वर र शब्द रचना स्याम्मी डी रियल जीको रहेको छ । र्‍याप गायिकाको रुपमा परिचित उनले यही गीतबाट पार्श्व गायनमा डेब्यु गरेकी हुन् । गीतका संगीतकार तथा संगीत निर्माता सुरज ब्लुज हुन् । मिक्सिङ र मास्टरिङ भारतका अभिनव अग्निहोत्रीले गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2025-03-09, आईतवार

आइतबार दिउँसो पोखराबाट समिट एयरको चार्टर्ड विमानमार्फत काठमाडौं आएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न त्रिभुवन विमानस्थलको मुख्यद्वारमा राष्ट्रिय झन्डा लिएर उपस्थित भएका हजारौं राजावादी समर्थकहरूको दृश्य फिल्ममा समेत हेर्न पाइने भएको छ । महाशिवरात्रिको दिनदेखि छायांकनरत फिल्म ‘माग्ने राजा’मा राजावादी समर्थकहरूको प्रदर्शनलाई कैद गरिएको हो ।

फिल्मीखबर, काठमाडौं, 2025-03-09, आईतवार

आगामी चैत १ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘राजागंज’ (पूजा, सर)को टिमले दर्शकसम्म पुग्न फरक अभ्यास गरेको छ । प्रायः नेपाली फिल्मको प्रदर्शनभन्दा २/३ दिनअघि काठमाडौं केन्द्रित प्रिमियर गरिन्छ । र, त्यसमा फिल्मकर्मीहरुको उपस्थिति बढी रहन्छ । तर, ‘राजागंज’को भने विभिन्न सहरमा विशेष शोको आयोजना गर्दै निर्माताले दर्शकको प्रतिक्रिया बुझिरहेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2025-03-09, आईतवार

बलिउड स्टार सलमान खान इदमा रिलिज हुन लागेको फिल्म ‘सिकन्दर’मार्फत डेढ वर्षपछि पर्दामा देखिँदैछन् । यो फिल्म उनको करिअरका लागि निकै महत्त्वपूर्ण मानिएको छ । किनकि, उनका अघिल्ला केही फिल्महरुले बक्स अफिसमा अपेक्षित व्यापार गर्न सकेनन् । ‘टाइगर’ जस्तो सफल फिल्मको तेस्रो श्रृंखला समेत घाटामा गयो । यो अवस्थामा उनलाई ‘सिकन्दर’ चल्नैपर्ने दबाब छ ।

फिल्मीखबर, काठमाडौं, 2025-03-08, शनिवार

आगामी चैत १ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘राजागंज’ (पूजा, सर)की अभिनेत्री तथा निर्मात्री आशा मगराती स्विट्जरल्याण्डको प्रतिष्ठित फ्रिबर्ग अन्तर्राष्ट्रिय फिल्म महोत्सवको अन्तर्राष्ट्रिय जुरी सदस्यमा मनोनित भएकी छन् । उनलाई फिचर फिल्मतर्फको जुरीमा आयोजकले मनोनित गरेको हो । यो फेस्टिभलको जुरीमा मनोनित हुने उनी पहिलो नेपाली कलाकार हुन् ।

Results : 1873 - 1878 of 24233