मिति : २०८२ वैशाख २२, सोमवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1867 - 1872 of 22575
एजेन्सी, मुम्बई, २०८० पौष २६, बिहिवार

बलिउडमा रोमान्टिक हिरोको छवि बनाएका इमरान हाशमीको अब फिल्ममा चरित्र बदलिन थालेको छ । गत वर्ष फिल्म ‘टाइगर ३’मा भिलेनको भूमिकामा प्रस्तुत भएपछि उनलाई त्यही प्रकारको भूमिकामा प्रस्ताव ओइरिरहेको छ । अब अर्को सफल फिल्म ‘डन’को तेस्रो श्रृंखलामा पनि उनी भिलेनको भूमिकामा देखिने भएका छन् । यद्यपि, यसको आधिकारिक पृष्टि हुन भने बाँकी छ ।

फिल्मीखबर, काठमाडौं, २०८० पौष २६, बिहिवार
फिल्मीखबर, काठमाडौं, २०८० पौष २६, बिहिवार

कुनै समयकी सफल अभिनेत्री पूजा चन्द विगत १९ वर्षदेखि अमेरिकामा छिन् । अमेरिका गएसँगै उनको फिल्मसँग पनि दूरी बढ्यो । पछिल्लोपटक उनी सन् २००४ मा आएको फिल्म ‘मनको टुक्रा’मा देखिएकी थिइन् । अब २० वर्षपछि उनी फिल्ममा पुनरागमन गर्दैछिन् । निर्देशक विनोद पौडेलको दोस्रो फिल्म ‘भूठान’ (द वर्ल्डस् ह्याप्पिएस्ट म्यान)बाट उनी अभिनयमा फर्किन लागेकी हुन् ।

फिल्मीखबर, काठमाडौं, २०८० पौष २६, बिहिवार

नेपाली फिल्ममा थिएटर र फिल्म स्कूलमा पढेर आएकाहरुको उपस्थिति दिनानुदिन बढ्दो क्रममा छ । कोही अभिनयमा सक्रिय छन् त कोही निर्देशन र अन्य विधामा अगाडि बढेका छन् । समग्रमा प्रायःले आफ्नो रुचिको विधामा सम्भावना देखाएका छन् । त्यसमध्ये एक हुन्, सिम्रन खड्का । उनी कान्तिपुर फिल्म एकेडेमीकी पूर्वविद्यार्थी हुन् । यतिबेला फिल्म बजारमा उनको चर्चा छ ।

फिल्मीखबर, काठमाडौं, २०८० पौष २५, बुधवार

फिल्म निर्देशनमा कलाकारहरुको आकर्षण बढ्दो छ । अभिनयको अनुभवलाई सर्टिफिकेट मानेर कलाकारहरु श्रृंखलाबद्ध रुपमा निर्देशनमा आइरहेका छन् । नीर शाह, रमेश बुढाथोकी, भुवन केसी, रेखा थापा, निखिल उप्रेती, विराज भट्ट आदि कलाकारहरुले निर्देशन फाँटमा पनि आफ्नो उपस्थिति जनाइसकेका छन् । अब फिल्म निर्देशन गर्ने पालो अभिनेता रमित ढुंगानाको आएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८० पौष २५, बुधवार

राजु गिरीको निर्देशनमा बन्न लागेको फिल्म ‘ईश्वर’मा अभिनेता पृथ्वीराज प्रसाईं मुख्य भूमिकामा अनुबन्धित भएका छन् । ‘मंगलम’, ‘वीराङ्गना’, ‘डोली’ आदि फिल्ममा काम गरिसकेका उनले ५ वर्षपछि कमब्याक गर्न लागेका हुन् । फिल्ममा अभिनेता सुनिल थापा पनि अनुबन्ध भइसकेका छन् । लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा बन्न लागेको फिल्म आगामी माघ २८ गतेबाट छायांकनमा जानेछ ।

Results : 1867 - 1872 of 22575