Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1867 - 1872 of 23510
फिल्मीखबर, काठमाडौं, २०८१ भाद्र १४, शुक्रवार

गत जेठपछि नेपाली फिल्ममा ठूलो व्यापारिक खडेरी देखिएको छ । असार अन्तिममा आएको फिल्म ‘घरज्वाइँ’लाई छाड्ने हो भने असारदेखि भदौ पहिलो हप्तासम्म प्रदर्शनमा आएका आधा दर्जनभन्दा बढी फिल्मले लगानीको एक तिहाई पनि उठाउन सकेनन् । जसले गर्दा फिल्म क्षेत्रमा एकखालको सन्नाटा देखिएको छ । तथापि, फिल्मको रिलिजको बाढीले माहोल राम्रैसित गर्माइरहेको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ भाद्र १४, शुक्रवार

दशैंको फूलपातीपछि अब तिहारमा पनि नेपाली फिल्मबीच त्रिपक्षीय भिडन्त हुने भएको छ । आगामी कात्तिक १५ (लक्ष्मीपूजा)लाई दुई फिल्म ‘एक्टर’ र ‘मायावी’ले प्रदर्शन मिति घोषणा गरिसकेको अवस्थामा अब यो मितिमा अर्को फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ पनि थपिएको छ । शुक्रबार निर्माण टिमले फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै कात्तिक १५ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो ।

फिल्मीखबर, काठमाडौं, २०८१ भाद्र १३, बिहिवार

निर्देशक तथा कलाकार दिनेशराज दाहाल (डिसी) नेपाली फिल्म क्षेत्रको सर्वोच्च निकाय चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्‌ बैठकले उनलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो । अबको २ वर्ष उनले बोर्ड हाँक्नेछन् । फिल्म क्षेत्रमा उनी विगत तीन दशकदेखि सक्रिय छन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ भाद्र १३, बिहिवार

एक महिनादेखि रिक्त रहेको चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि तालुकवाला निकाय सूचना तथा सञ्चार प्रविधि मन्त्रालय मन्त्रालयले तीनजनाको नाम मन्त्रिपरिषद्‌मा सिफारिस गरेको छ । मन्त्रालयले दिनेशराज दाहाल (दिनेश डिसी), दीपा पाण्डे बस्नेत र राजेश थापाको नाम सिफारिस गरेको हो । अब यिनै तीनमध्ये एकजनालाई मन्त्रिपरिषद् बैठकले बोर्ड अध्यक्षमा नियुक्त गर्नेछ ।

फिल्मीखबर, काठमाडौं, २०८१ भाद्र १३, बिहिवार

हिरोको परम्परागत हुलियामा अटाउँछन्, प्रकाश शाह । तर, उनको चरित्र छनोट अलग देखिन्छ । उनले आफूलाई हिरोको रुपमा नभइ भिलेनको रुपमा स्थापित गराउन खोजिरहेका छन् । पहिलो फिल्म ‘लभ स्टेशन’मा नै उनी स्टाइलिस भिलेन बनेर प्रस्तुत भए । त्यसपछि ‘साङ्लो’मा पनि उनी भिलेनको भूमिकामा देखिए । अब उनी तेस्रो पटक भिलेन बनेर फिल्म ‘रावायण’मा देखिँदैछन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ भाद्र १३, बिहिवार

द्वन्द्वकालीन समयको प्रेमकथामा बनेको फिल्म ‘खुस्मा’ आगामी असोज ३ गते (संविधान दिवस)देखि प्रदर्शनमा आउने तयारीमा छ । टिजर र ‘खुसीका फूल बटुलेर’ बोलको गीतले राम्रो चर्चा पाइरहँदा तीन दिनअघि फिल्मको दोस्रो गीत ‘रुकुम मैकोट’ सार्वजनिक गरिएको थियो । जसलाई यतिबेला युट्युबमा राम्रो भ्यूज र प्रतिक्रिया मिलिरहेको छ । गीत युट्युब ट्रेन्डिङमा समेत उक्लिएको छ ।

Results : 1867 - 1872 of 23510