Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1861 - 1866 of 24233
फिल्मीखबर, काठमाडौं, 2025-03-12, बुधवार

होलीको दिन पारेर यही फागुन २९ गतेबाट प्रदर्शनमा आउन लागेका दुई फिल्म ‘आउट ल : दफा २१९’ र ‘अञ्जिला’लाई देशभरका मल्टीप्लेक्सहरुले शो बाँडफाँड गर्दै अग्रिम टिकट बुकिङ खुलाएका छन् । दुवै फिल्मलाई राम्रो शो मिलेको छ । ‘आउट ल’ले १०३ र ‘अञ्जिला’ले ९८ शो पाएको खल्ती एपमा देखिन्छ । अब उपलब्ध शोलाई अकुपेन्सीमा बदल्नुपर्ने ठूलो चुनौती दुवै फिल्मलाई छ ।

फिल्मीखबर, काठमाडौं, 2025-03-12, बुधवार

विश्वका थुप्रै फेस्टिभलहरू चहारिसकेको फिल्म ‘राजागंज’ आगामी चैत १ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । तर, फिल्मलाई केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले भने प्रदर्शन अनुमति दिन अस्वीकार गरेको छ । सोमबार साँझ फिल्मको जाँचपछि बोर्डले केही दृश्य तथा शब्दहरुमा आपत्ति जनाउँदै त्यसलाई सच्चाएर ल्याउन निर्देशन दिएको निर्देशक दीपक रौनियारले बताए ।

फिल्मीखबर, काठमाडौं, 2025-03-12, बुधवार

भारतीय रियालिटी शो ‘झलक दिखला जा-९’ र ‘डीआईडी लिटिल मास्टर-३’को उपाधि जितेर ठूलो चर्चा कमाएकी नेपालकी तेरिया फौजा मगरले अब फिल्ममा आफ्नो अभिनय क्षमता अजमाउने भएकी छन् । उनले ‘मितज्यू’ फिल्मबाट अभिनय करिअर सुरु गर्न लागेकी हुन् । बुधबार निर्माण टिमले एक पोस्टरमार्फत उनी मुख्य अभिनेत्रीको रुपमा फिल्ममा भित्रिएको जानकारी गराएको हो ।

फिल्मीखबर, काठमाडौं, 2025-03-11, मंगलवार

सौरभ चौधरीको निर्देशनमा तयार भएको फिल्म ‘कर्मा’मा पहिलो पटक अभिनेता विपिन कार्की र अभिनेत्री उपासना सिंह ठकुरीले जोडी भएर काम गरेका छन् । केही हप्ताअघि विपिनको क्यारेक्टर लुक्स सार्वजनिक भएपछि धेरैमा उपासनाको लुक्सलाई लिएर चासो बढेको थियो । मंगलबार उनको पनि क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2025-03-11, मंगलवार

राष्ट्रिय अवार्ड विजेता दिनेश राउतको निर्देशनमा तयार भएको फिल्म ‘महाभोज’ गणतन्त्र दिवसको दिनबाट प्रदर्शनमा आउने भएको छ । मंगलबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी जेठ १५ गते बिहीबारलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो । सो मितिमा नेपालसहित विदेशमा फिल्म एकसाथ रिलिज हुने जनाइएको छ ।

फिल्मीखबर, काठमाडौं, 2025-03-11, मंगलवार

प्रिमियरमा उपस्थित अधिकांशले नेपालमा बनेका बायोपिकमध्ये ‘अञ्जिला’ सबैभन्दा उत्कृष्ट रहेको दाबी गर्दै खेल खेले बिग्रिन्छ भन्ने सामाजिक सोचलाई छिचोल्दै एन्जिलाले फुटबल टिमको कप्तानसम्मको यात्रा गर्नु एउटा ठूलो युद्ध जितेभन्दा पनि कठिन रहेको र त्यो जीवनीलाई उत्कृष्ट रूपमा उतारिएको भन्दै निर्देशक मिलन चाम्स प्रशंसा गरे ।

Results : 1861 - 1866 of 24233