Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`हाँस्य कलाकार` भन्दा हेला

फिल्मीखबर, काठमाण्डौ, 2014/06/29
बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले हाँस्य कलाकारलाई ‘हाँस्य’ भनेर सम्बोधन नगर्न आग्रह गरेका छन् । उनले हाँस्य क्षेत्रमा आवद्ध कलाकारलाई ‘हाँस्य व्यङग्यकार’ भनेर सम्बोधन गर्न अनुरोध गरे ।
 
कलाकार किरण केसीको जन्मदिन सेलिव्रेट तथा श्रष्टाको सम्मान कार्यक्रममा मदनकृष्णले भने, ‘हाँस्य कलाकार भन्दा हेला गरे जस्तो महसुश हुन्छ । त्यसैले हाँस्य व्यङ्ग्यकार भन्दा नै राम्रो होला ।’ उनले थपे, ‘हामी विकसित र चेतनशिल भैसक्यौं  । त्यसैले राम्रो सुनिने शब्दको प्रयोग गर्रौ ।’ 
 
त्यस्तै कलाकार दिपकराज गिरीले जमाना हाँस्य व्यङग्यको रहेकाले सम्मानित शब्द बोल्न आग्रह गरे । उनले भने, ‘पहिला पहिला टेलिफिल्म र स्टेज कार्यक्रममा मात्रै हाँस्य व्यङग्य चल्थ्यो । अहिले फिल्म पनि हाँस्य व्यङ्ग्यको छ ।’ आफैले निर्माण गरेको फिल्म ‘छ एकान छ’ ले गरेको सफल व्यापारको दिपकले उदाहरण दिए । 
 
त्यस्तै कलाकार किरण केसीले भने अश्लिल र नारी माथि मात्रै घोचपेच गर्ने हाँस्य व्यङग्यलाई न्यूनिकरण गर्नुपर्ने भनाई राखे । असार १५ मा जन्मदिन मनाइरहेका कलाकार केसीले भने, ‘एउटा जमघटमा मेरो हाँस्य व्यङग्यलाई लिएर रामवाण प्रहार भयो । त्यसपछि अश्लिल र नारी वर्गलाई मात्रै घोचपेच गर्न कम गरेको छु ।’
Most Visited News (monthly)