Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`नागबेली` छोडेर हङकङ उडे दयाहाङ

फिल्मीखबर, काठमाण्डौ, 2014/06/29
फिल्म प्रदर्शन हुन दुई साता बाँकी हुँदा अभिनेता दयाहाङ राई हङकङतर्फ लागेका छन् । असार २७ गते अल नेपाल प्रदर्शन हुने फिल्म ‘नागबेली’ का मुख्य कलाकार दयाहाङ गत साता नाटक मञ्चन गर्न हङकङ उडेका हुन् ।
 
दयाहाङ ‘नागबेली’ रिलिज हुने केही दिन अगाडी मात्रै नेपाल फर्कनेछन् । फिल्ममा उनको वैदेशिक रोजगारमा जाने युवकको भूमिका छ । दया हङकङ उडेपछि नेपाल रहेका कलाकारलाई प्रसार प्रसारमा दौडाउने निर्देशक गोविन्द राईको योजना छ । 
 
आफ्नो पहिलो निर्देशकिय फिल्मलाई सफल गराउन एक सय बढी फिल्मका नृत्य निर्देशक गोविन्द राई दौडधुपमा छन् । निर्मात्री रोमियन चेम्जोङ लिम्बु पनि फिल्म प्रचार प्रसारको लागि गत साता युकेबाट काठमाण्डौ आइपुगेकी छिन् । 
 
वैदेशिक रोजगारमा जान बाध्य नेपाली युवाको बाध्यतालाई सञ्चारकर्मी दिपेन्द्र लामाले स्क्रिप्टमा उतारेका छन् । फिल्ममा दयाहाङ सहित हर्षिका श्रेष्ठ, सम्भव श्रेष्ठ, यशराज, विक्की मल्ल, सुरभी जैन लगायतको अभिनय छ ।
Most Visited News (monthly)