Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1645 - 1650 of 23513
फिल्मीखबर, काठमाडौं, २०८१ कार्त्तिक २२, बिहिवार

नेपाली फिल्मकर्मीबीच बेला बखतमा कुनै न कुनै विषयमा घोचपेच र आरोप-प्रत्यारोप चलिरहेको छ । यतिबेला अभिनेता तथा हल व्यवसायी दीपकराज गिरी र निर्देशक निश्चल बस्नेतबीच सामाजिक सञ्जालमा जुहारी चलेको छ । मंगलबार दीपकराजले फेसबुकमा स्टाटस लेख्दै फिल्मले शो पाएन भनेर उफ्रने फिल्मकर्मीप्रति कटाक्ष गरेपछि निश्चलले ‘काउन्टर’ जवाफ दिएका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ कार्त्तिक २१, बुधवार

नेपाली र दक्षिण भारतीय कलाकारलाई लिएर निर्माण गरिएको फिल्म ‘ह्रस्व दीर्घ’ यही कात्तिक ३० गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । ‘स्टारकास्ट’का कारण चर्चामा रहेको फिल्मको दशैंमा रिलिज टिजरले राम्रो ‘हाइप’ बनाएको छ । अब फिल्म रिलिजका लागि ९ दिन बाँकी रहँदा बुधबार ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक ट्रेलरमा प्रेम, रोमान्स, एक्सन, विछोड र कमेडीको समिश्रण छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ कार्त्तिक २१, बुधवार

यही कात्तिक ३० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मिसिङः केटी हराएको सूचना’को टिजरदेखि ट्रेलरसम्म सार्वजनिक भइसकेका छन् । अब प्रदर्शनका लागि तयारी अवस्थामा रहेको फिल्मको छायांकन भने अझै सकिएको छैन । बुधबारबाट फिल्मको एक गीत खिच्न थालिएको छ । ‘सपनीमा’ बोलको गीत ललितपुरको चापागाउँ क्षेत्रमा छायांकन भइरहेको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ कार्त्तिक २१, बुधवार

बलिउड सुपरस्टार रणबीर कपूर र साउथ अभिनेत्री साई पल्लवीको पहिलो सहकार्यमा तयार भइरहेको फिल्म ‘रामायण’ दुई भागमा निर्माण हुने भएको छ । बुधबार निर्माता नमित मल्होत्राले इन्स्टाग्राममा एक थिम पोस्टर सेअर गर्दै फिल्मको दुई भागको रिलिज मिति घोषणा गरेका छन् । दुवै भागलाई हिन्दूहरुको महान् चाड दीपावलीमा प्रदर्शन गरिने भएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ कार्त्तिक २१, बुधवार

नेपाली फिल्मका लागि दशैं र तिहार उत्सवझैँ बनिरहेको छ । लामो विदा र ‘फेस्टिभ मुड’ हुने भएकाले यी दुई ठूला चाडमा नेपाली फिल्मप्रति दर्शकको आकर्षण अद्भूत देखिन्छ । यसपालिको दशैं र तिहारमा देखिएको माहोल यसको प्रमाण हो । यसपटक यी दुई चाडमा नेपाली फिल्मले इतिहासमै सर्वाधिक कमाई गरेका छन् । लगभग ५० करोडको व्यापार दशैं र तिहारमा भएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ कार्त्तिक २१, बुधवार

कुनै बेला नेपाली फिल्ममा आफ्नो सशक्त उपस्थिति जनाएका अभिनेता उत्तम प्रधान विगत एक दशकदेखि अभिनयमा सक्रिय छैनन् । उनले पछिल्लो पटक मुख्य भूमिकामा काम गरेको फिल्म ‘इशारा’ (२०१२) थियो । यसपछि उनी ‘दर्पण छायाँ २’मा अतिथि भूमिकामा देखिए । दशैंअघि एक म्यूजिक भिडियोमा काम गरेका उत्तम अब फिल्ममा फर्किने भएका छन् ।

Results : 1645 - 1650 of 23513