Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1651 - 1656 of 23513
फिल्मीखबर, काठमाडौं, २०८१ कार्त्तिक २०, मंगलवार

नेपालीमा एउटा उखान छ, ‘नपत्याउने खोलाले पनि बगाउँछ ।’ यतिबेला यो उखान प्रदर्शनरत फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को हकमा चरितार्थ भएको देखिन्छ । प्रदर्शनअघि राम्रो ‘हाइप’ निर्माण नहुँदा फिल्मको व्यापार ठीकठाक हुनसक्ने धेरैको आँकलन थियो । तर, फिल्मले सबै अनुमान र गणितलाई गलत सावित गरेको छ । यतिबेला फिल्मले बक्स अफिसमा सुनामी ल्याएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ कार्त्तिक १९, सोमवार

यही कात्तिक ३० गते अर्थात् गुरु नानक जयन्तीको दिन पारेर प्रदर्शनको तयारीमा रहेको फिल्म ‘ह्रस्व दीर्घ’को स्टारकास्ट र टिजर रिलिजपछि विदेशमा माग चुलिएको छ । यसैबीच, फिल्मको जापानका लागि प्रदर्शन अधिकार बिक्री भएको छ । विटिकेएस इन्टरटेन्मेन्टले फिल्मको जापान राइट्स लिएको हो । खरिद मूल्य भने खुलाइएको छैन ।

फिल्मीखबर, काठमाडौं, २०८१ कार्त्तिक १८, आईतवार

आज नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन अर्थात् भाइटीका । यस दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार सप्तरङ्गी टीका र फूलको माला लगाउने चलन छ । भाइटीकाको टीका लगाउन आज दिनभर कुनै बाधा नरहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ कार्त्तिक १७, शनिवार
फिल्मीखबर, काठमाडौं, २०८१ कार्त्तिक १७, शनिवार

हरर, थ्रिलर, एक्सन र कमेडी विधामा फिल्म ‘डोरी’ निर्माण हुने भएको छ । तिहारको अवसर पारेर शुक्रबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको निर्माण घोषणा गरिएको हो । फिल्मलाई अरुण लामाले निर्देशन गर्नेछन् । यसअघि विभिन्न लघु फिल्म र वृत्तचित्र निर्देशन गरिसकेका लामाको यो पहिलो फिचर फिल्म हुनेछ ।

फिल्मीखबर, काठमाडौं, २०८१ कार्त्तिक १६, शुक्रवार

गीतसंगीतलाई चाडपर्वको आत्मा मानिन्छ । यस्तो आत्मा, जुनबिना चाडपर्व नै अपुरो हुन्छ । गीतमा यति सामर्थ्य हुन्छ, जसले सिंगो चाडपर्व र संस्कृतिलाई नै जीवन्त बनाएर राख्छन् । दशैं होस् वा तिहार, फागु होस् वा तीज, हरेक पर्वको सांस्कृतिक र धार्मिक महत्व बोल्ने गीत बनेका छन् । तर, अझै पनि चाडपर्वमा नयाँभन्दा दशकअघिका गीतहरुकै बोलबाला देखिन्छ ।

Results : 1651 - 1656 of 23513