
गोर्खा सैनिकको बहादुरीको कथामा आधारित भएर बनेको फिल्म ‘गोर्खा वारियर’ले बक्स अफिसमा सुखद् व्यापार गरिरहेको छ । विशेषगरी लाहुरे पृष्ठभूमिका दर्शकलाई फिल्मले आकर्षित गरेको छ । काठमाडौंसहित मोफसलका केही हलमा फिल्मको क्रेज राम्रो देखिन्छ । भोलिपल्टको शो अघिल्लो दिन नै हाउसफुल भैरहेका छन् । यसले फिल्म लामो रेसको घोडा बन्न सक्ने देखाउँछ ।

अभिनेता नाजिर हुसेनलाई धेरैले फिल्म ‘होस्टेल रिटर्न्स’को रामेश्वर यादव भनेरै चिन्ने गरेका छन् । यो उनको पहिचान नै बनेको छ । ‘होस्टेल रिटर्न्स’पछि मधेशी चरित्रमा उनी निर्विकल्प बनेका थिए । तर, मेकरहरुले उनलाई मधेशी चरित्रमा पनि फरक हिसाबले प्रस्तुत गर्न सकेनन् । उनलाई दर्शक हँसाउने पात्रको रुपमा मात्र सीमित बनायो । उनलाई पनि त्यो स्वीकार्नुको विकल्प नै थिएन ।

अभिनेत्री निशा अधिकारीले २०७९ सालको भदौ २८ गते काठमाडौं जिल्ला अदालतमा श्रीमान् शरद भेषवाकर (पूर्वक्रिकेटर)विरुद्ध अंशबन्डाको मुद्धा हालेकी थिइन् । उक्त मुद्धामा गत मंसिर २८ गते अदालतले निशाले पतिको सम्पत्तिबाट तीन भागको एक भाग पाउने फैसला सुनाएको छ । र, अंश नदिउन्जेलसम्म शरदले मासिक ४१ हजार रुपैयाँ खर्च दिनुपर्ने समेत फैसलामा उल्लेख छ ।

अभिनेत्री नन्दिता विवाह बन्धनमा बाँधिने भएकी छन् । यही फागुन १९ गते शनिबार काठमाडौंमा उनको विवाह हुन लागेको हो । डा. अरविन्द्र कटवालसँग उनले विवाह गर्न लागेकी हुन् । केही दिनअघि क्यानडाको बान्फ नेशनल पार्कमा नन्दितालाई कटवालले विवाहको प्रस्ताव राख्दै औँठी पहिराइदिएका थिए । उक्त तस्वीर सेअर गर्दै नन्दिताले आफूले ‘हुन्छ’ भनेको उल्लेख गरेकी छन् ।

गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । सोमबार अपराह्न उपचारका लागि अस्पताल लैजाने क्रममा उनको निधन भएको हो । घरमै अस्वस्थ भएपछि उनलाई छोरा स्वरुपराज आचार्यले ललितपुरको मेडिसिटी अस्पताल लगेका थिए । तर, अस्पताल नपुग्दै उनको बाटोमा निधन भएको हो । ८२ वर्षको उमेरमा निधन भएका उनी भजनशिरोमणिको रुपमा चर्चित छन् ।

अभिनेत्री वर्षा सिवाकोटीले फिल्ममा नयाँ अनुहार (अभिनेता)सँग कमै काम गरेकी छन् । प्रायः स्थापित कलाकारसँग उनको जोडी बाँधिएको छ । तर, नयाँ फिल्म ‘मोदीबेनी’मा उनले नव-अभिनेता अमर प्रताप श्रेष्ठसँग स्क्रिन साझेदार गर्दैछन् । फिल्ममा उनीहरु जोडीको रुपमा प्रस्तुत हुनुपर्ने भएकाले दुवै एकअर्कासँग घुममिल भइरहेका छन् । अहिले उनीहरुबीच राम्रो ‘बोन्डिङ’ बनेको छ ।