मिति : २०८२ वैशाख १९, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1663 - 1668 of 22564
फिल्मीखबर, काठमाडौं, २०८० फाल्गुन १४, सोमवार

ग्रामीण परिवेशमा निर्माण भएका फिल्मलाई ग्रामीण क्षेत्रमा प्रवर्द्धन गर्ने उद्देश्य लिएको नेपाल ग्रामीण चलचित्र महोत्सव (नेरुफ)को तेस्रो संस्करण रामेछाप जिल्लामा हुने भएको छ । आगामी बैशाखमा रामेछाप नगरपालिकामा महोत्सव गर्न लागिएको आयोजक संस्था सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी गराए । चाँडै महोत्सवको मिति घोषणा गरिने उनको भनाई छ ।

फिल्मीखबर, काठमाडौं, २०८० फाल्गुन १३, आईतवार

अभिनेता दयाहाङ राईले लामो समयदेखि ‘स्टेरियोटाइप’को आरोप खेपिरहेका छन् । फिल्ममा उनको व्यस्तता र माग चुलिँदो भए पनि चरित्र र अभिनयमा विविधता दिन सकेका छैनन् । तर, यही फागुन २५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रङ्गेली’ले उनी ‘स्टेरियोटाइप’को आरोपबाट मुक्त हुनसक्ने देखिन्छ । किनकि, यसमा उनी ग्याङस्टर भूमिकामा छन् । फिल्म ‘छड्के’पछि उनी दोस्रोपटक ग्याङस्टर भूमिकामा देखिन लागेका हुन् ।

फिल्मीखबर, काठमाडौं, २०८० फाल्गुन १३, आईतवार

फिल्म ‘झ्यानाकुटी’पछि अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमालले फेरि एकसाथ फिल्म ‘सिटामोल’मा काम गरेका छन् । यसमा उनीहरु श्रीमान्-श्रीमतीको भूमिकामा छन् । राज बहादुर सानेको लेखन तथा निर्देशन रहेको फिल्मको यसै हप्ता सिन्धुलीको सेड्युल सकिएको छ । अब काठमाडौंका केही दृश्य र एक गीत मात्र छायांकन गर्न बाँकी रहेको निर्देशक सेनले जानकारी गराए ।

फिल्मीखबर, काठमाडौं, २०८० फाल्गुन १३, आईतवार

बलिउडका नामी अभिनेता अनुपम खेरले पहिलोपटक नेपाली फिल्मको ट्रेलर हेरेर प्रशंसा गरेका छन् । उनले आइतबार ७० लाख फलोअर्स रहेको इन्स्टाग्राम स्टोरीमा फिल्म ‘गोर्खा वारियर’को पोस्टर सेअर गर्दै ट्रेलर मनपरेको जनाएका हुन् । निर्देशक मिलन चाम्सलाई ट्याग गर्दै उनले लेखेका छन्, ‘ट्रेलर मनपर्‍यो ।’ उनले तालीको इमोजीसहित ह्यासट्यागमा नेपाल उल्लेख गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८० फाल्गुन १३, आईतवार

कुनै समय नेपाली फिल्ममा हाँस्य चरित्रमा सर्वाधिक रुचाइएका कलाकार नारायण त्रिपाठी (प्रेम चरो) केही वर्षयता अमेरिकामा बसोबास गर्दै आएका छन् । पछिल्लोपटक फिल्म ‘मनमा माया’ (२००५)मा देखिएका उनले अब १९ वर्षपछि फिल्ममा कमब्याक गर्ने भएका छन् । निर्देशक एभरेष्ट सूर्य बोहराले निर्माण गर्न लागेको फिल्म ‘चमेलीको पोई’बाट उनले कमब्याक गर्न लागेका हुन् ।

फिल्मीखबर, काठमाडौं, २०८० फाल्गुन १३, आईतवार
Results : 1663 - 1668 of 22564