मिति : २०८२ वैशाख १८, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1633 - 1638 of 22561
फिल्मीखबर, काठमाडौं, २०८० फाल्गुन १९, शनिवार

यही फागुन २५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘उपहार’को ट्रेलर सार्वजनिक भएपछि काठमाडौंका मेयर बालेन शाहको विरोधमा फिल्म बनेको भन्दै टिप्पणी भइरहेको छ । ट्रेलरमा फुटपाथ व्यापरीहरुमाथि महानगरको धरपकड र डोजरले अनाधिकृत संरचनाहरु भत्काइएको दृश्य समावेश छ । र, अभिनेत्री रेखा थापाको एक संवादले फुटपाथ व्यापारीको समर्थन गरेको देखिन्छ ।

फिल्मीखबर, काठमाडौं, २०८० फाल्गुन १८, शुक्रवार

यही फागुन २५ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘रङ्गेली’को शीर्षकमा आपत्ति जनाउँदै सेन्सर बोर्डले प्रमाणपत्र दिन अस्वीकार गरेपछि बोर्डको आलोचना भैरहेको छ । एकपटक फेरि सेन्सर खारेजीको माग समेत चर्किएको छ । बोर्डले निर्मातालाई दुःख दिने नियतले कहिले दृश्य र संवादमा त कहिले नाममा आपत्ति जनाएर प्रदर्शन अनुमति नै नदिने गरेको फिल्मकर्मीहरुको आरोप छ ।

फिल्मीखबर, काठमाडौं, २०८० फाल्गुन १८, शुक्रवार

नेपाली फिल्ममाथि सेन्सर बोर्डको हस्तक्षेप बढ्दो छ । कहिले दृश्य र संवाद त कहिले नाममा आपत्ति जनाउँदै बोर्डले फिल्मलाई प्रमाणपत्र दिन अस्वीकार गर्दै आएको छ । यसपटक फिल्म ‘रङ्गेली’लाई सेन्सरले रोकेको छ । शीर्षकमा आपत्ति नजाउँदै बोर्डले फिल्मलाई प्रमाणपत्र दिएको छैन । सेन्सर बोर्डबाट प्रमाणपत्र नपाएसम्म फिल्मलाई सार्वजनिक प्रदर्शन गर्न नपाइने व्यवस्था छ ।

फिल्मीखबर, काठमाडौं, २०८० फाल्गुन १८, शुक्रवार

एक हप्ताअघि युट्युबमा सार्वजनिक भएको फिल्म ‘डिग्री माइला’को टिजरमा अभिनेता दयाहाङ राईले चौधरी ग्रुपले ४ लाख अफर गर्दा पनि आफूले काम गरेको भन्ने संवाद समावेश छ । यो टिजरको आकर्षक पक्ष हो । दयाहाङले जुन मुडमा संवाद भनेका छन्, त्यसले स्वभाविक रुपमा हाँसो पैदा गर्छ । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले पनि आफूलक्षित उक्त संवाद मन पराएका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८० फाल्गुन १८, शुक्रवार

नेपाली फिल्ममा ‘स्टार किड्स’को प्रवेश बाक्लिँदो छ । केहीले ठूलो सफलता पनि हासिल गरेका छन् । अब एक समयका सफल अभिनेता दीलिप रायमाझीकी छोरी दिव्या रायमाझी फिल्ममा डेब्यूको तयारीमा छिन् । सुन्दरताका कारण लामो समयदेखि चर्चामा रहेकी उनले डेब्यूका लागि दशैंअघि फिल्म ‘वरिष्ठ बलराम’ सम्झौता गरेकी थिइन् । अब अर्को फिल्म ‘एक्टर’मा जोडिएकी छन् ।

फिल्मीखबर, काठमाडौं, २०८० फाल्गुन १८, शुक्रवार

टिजर र ट्रेलरपछि चर्चामा रहेको सौरभ चौधरीद्वारा निर्देशित फिल्म ‘अगस्त्य’ले प्रदर्शन सुरु गरेको छ । मल्टीप्लेक्सहरुमा उच्च शो पाएको फिल्ममा कलाकारको ‘लाइनअप’ बलियो भएकाले सुखद् व्यापार गर्ने प्रक्षेपण गरिएको छ । तर, फिल्मको बुकिङ कमजोर देखिएकाले इनिसियल व्यापार भने अपेक्षाकृत नहुन सक्छ । यसैले फिल्मलाई अब बलियो ‘वर्ड अफ माउथ’को आवश्यकता छ ।

Results : 1633 - 1638 of 22561